प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेयता देशभर १५ सयभन्दा बढी विरोध कार्यक्रम,ओलीका पक्षमा ८९

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेयता देशभर १५ सयभन्दा बढी विरोध कार्यक्रम,ओलीका पक्षमा ८९
+
-

काठमाडौँ-गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेयता सत्तारुढ दल नेकपाभित्रै निरन्तर विरोधका कार्यक्रमहरु भइरहेका छन्।

नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधवकुमार नेपाल समूहका मन्त्रीहरुले प्रधानमन्त्री ओलीको निर्णयको विरोध गर्दै त्यसै दिन राजिनामा दिएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अन्य दलसहित नागरिक समाज, विधार्थी संगठनहरुले प्रधानमन्त्रीको उक्त कदमको चर्को विरोध गरिरहेका छन्।

यतिबेला यो विषय सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासले सुनुवाई गरिरहेको छ। अर्कोतर्फ आफ्नो निर्णयको बचाउ गर्न स्वयम् प्रधानमन्त्री ओली निरन्तर शक्ति प्रदर्शनका कार्यक्रमहरु गरिरहेका छन्।

प्रचण्ड-नेपाल समूहका निरन्तरका कार्यक्रमहरुलाई काउन्टर दिन उनी विभिन्‍न ठाउँ पुगेर सभा गर्दैछन्। ओलीले शुक्रबार दरबारमार्गस्थित नारायणहिटी संग्रहालय परिसरबाट शक्ति प्रदर्शन गर्दैछन्। त्यसका लागि नेकपाको ओली समूहले देशभरबाट कार्यकर्तालाई काठमाडौँमा जम्मा गर्दै छ।

सुरक्षा निकायको तथ्यांकअनुसार प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेयता त्यसको विरोधमा मंगलबारसम्म एक हजार पाँच सय १५ वटा  कार्यक्रमहरु भएका छन्, प्रचण्ड-नेपालसहित विभिन्न समूहबाट। यस अवधिमा ओलीको पक्षमा केवल ८९ वटा कार्यक्रमहरु भएका छन्।

तथ्यांकअनुसार ओली निर्णयको विरोधमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ३ सय ४६ वटा कार्यक्रम भएका छन्। काठमाडौँ उपत्यकामा २ सय ५९ वटा कार्यक्रमहरु भएका छन्।

प्रदेश-१ मा एक सय ९०, प्रदेश-२ मा एक सय ७८, बागमती प्रदेश(काठमाडौँ उपत्यकाबाहेक)मा ५, गण्डकी प्रदेशमा एक सय ३१, कर्णाली प्रदेशमा ४८ र सुदुर पश्चिम प्रदेशमा एक सय ८४ वटा विरोध कार्यक्रमहरु भएका छन्।

यसैगरि ओलीको पक्षमा प्रदेश-१ मा ११, प्रदेश-२ मा १०, बागमती प्रदेश(काठमाडौँ उपत्यकाबाहेक)मा ५, गण्डकी प्रदेशमा १८ , कर्णाली प्रदेशमा २र सुदुर पश्चिम प्रदेशमा १४ वटा कार्यक्रमहरु भएका छन्।

यसैगरी काठमाडौँ उपत्यकामा २९ वटा कार्यक्रम भएको सुरक्षा निकायको तथ्यांकले देखाउँछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?