
बुटवल – नेकपा प्रचण्ड–नेपाल समूहको आम हड्तालका कारण रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका जिल्लामा जनजीवन प्रभावित भएको छ।
आमहडतालको दिन बिहानै नेपाली सेनाले रुपन्देही र कपिलवस्तुमा बख्तरबन्द गाडी सडकमा निकालेको छ।
रुपन्देहीको बुटवल र कपिलवस्तुको जितपुरमा बख्तरबन्द गाडी मुख्य राजमार्गमा देखिएका छन् ।
चोकचोकमा प्रहरी खटिएका छन् ।
मुख्य राजमार्गहरुमा आमहडताल आह्वानकर्ताको उपस्थिति न्यून देखिए पनि सार्वजनिक सवारी र बजार बन्द छन् ।
छिटफुट रुपमा किराना पसलहरू खुलेका छन् । मुख्य राजमार्गमा बन्दको प्रभाव देखिए पनि भित्री सडकमा भने साना सवारी साधनहरु चलेका छन्। शैक्षिक संस्थाहरु बन्द छन् ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बुटवलको राजमार्ग चौराहमा एउटा मोटरसाइकल र एउटा स्कुटरमा तोडफोड गरेको बुटवल प्रहरीले जनाएको छ। अन्यत्र भने कुनै घटनाको खबर छैन।