झापामा क्यान्सरको स्थिति भयावह, स्तन क्यान्सरका बिरामी धेरै

झापामा क्यान्सरको स्थिति भयावह, स्तन क्यान्सरका बिरामी धेरै
+
-

झापा – पूर्वका जिल्लाहरूमध्ये झापामा क्यान्सरका रोगी अत्यधिक बढ्दै गएको क्यान्सर रोगका विशेषज्ञहरूले बताएका छन्।

बिहीबार झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले २१ औं विश्व क्यान्सर दिवसको अवसर पारेर गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांकले झापामा क्यान्सर रोगको अवस्था दिनानुदिन भयावह बन्दै गएको देखाएको छ।

क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. विरेन्द्र यादवका अनुसार उक्त अस्पतालले जाँच गरेका क्यान्सर रोगीमध्ये सबभन्दा बढी महिलाहरूको स्तन क्यान्सर रहेको छ।

क्यान्सर रोग विशेषज्ञ डा. बिरेन्द्र यादव।

गत वर्षको तथ्यांकलाई हेर्ने हो भने पनि क्यान्सर रोगीको संख्या झापामा प्रदेश १ मै सबभन्दा बढी रहेको छ।

गत वर्ष झापामा १ हजार ४६२ जना क्यान्सरका बिरामी फेला परेको डा. यादवले बताए। त्यस्तै, दोस्रोमा मोरङमा ४३१, सुनसरीमा २९६, इलाममा २३६ र पाँचथरमा ८८ जना क्यान्सरका बिरामी फेला परेको यादवले बताए।

झापामा देखिएका नयाँ क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका १४९ जना रहेका छन्।

पाठेघरको मुखको क्यान्सर बिरामीको संख्या ८४ जना रहेको छ। समग्रमा फोक्सोको क्यान्सरबाट पीडित हुनेको संख्या १०७ रहेको डा. यादवले जानकारी दिए। नेपालमा १२ वटा सेन्टर र ३ वटा क्यान्सर हस्पिटलले सेवा दिइरहेको उनको भनाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष