गाडी चढेर आन्दोलनमा सहभागी भएकोमा प्रचण्डद्वारा आत्मालोचना

गाडी चढेर आन्दोलनमा सहभागी भएकोमा प्रचण्डद्वारा आत्मालोचना
+
-

काठमाडौँ- आफैले गरेको आमहड्तालका क्रममा आन्दोलनस्थलमा गाडी चढेर पुगेपछि आलोचित भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसमा आफ्नो त्रुटि भएको स्वीकार गरेका छन्।

तर आफ्नो घरबाटै हिँडेर आन्दोलनस्थलमा सहभागी हुने इच्छा भए पनि सुरक्षाकर्मीले त्यसो नगर्न सुझाव दिएपछि त्यसलाई नकार्न नसकेको दाहालले दाबी प्रस्तुत गरेका छन्।

सानेपाको एक होटलमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा दाहालले भने,‘मैले गाडी चढेर आन्दोदलनमा सामेल भएको भन्दै आलोचना भएको छ। त्यसलाई स्वीकार गरेको छु। त्यसो नगर्नुपर्ने थियो भन्ने पनि लागेको थियो। म घरबाटै हिँडेर आन्दोलनमा सामेल हुन चाहन्थे तर सुरक्षाकर्मीले मान्नु भएन। आगामी दिनमा विचार गर्नेछु।’

दाहालले घुमाउरो रुपमा आफूलाई सुरक्षा थ्रेट भएकाले सुरक्षकर्मीको घेरामा गाडी चढेर आन्दोलनमा सहभागी हुनुपरेको सन्देश दिएका थिए।

दाहालले बिहीबार आफैले आह्रान गरेर सडकमा सर्वसाधारणको सवारी साधनमा रोक लगाइरहेका बेला आफै भने खुमलटारस्थित आफ्नो निवासबाट पुल्चोकसम्म गाडीमा पुगेर आन्दोलनमा सहभागि भएका थिए।

त्यसलगत्तै उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो भने आलोचना पनि बढेको थियो। बिहीबारकै आन्दोलनमा दाहाल पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले स्कुटर चढेर निरीक्षणमा हिँडेको विषय पनि आलोचित भएको थियो।

त्यसमा नेपालले पनि असमर्थन जनाए। उनले भने,‘निरीक्षण गर्दा केही न केही सवारी साधन त प्रयोग गर्नुपर्ने हुन्छ। त्यसैले मैले स्कुटर चढेको हो। यो स्वभाविक हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?