फागुन १ देखि सौराहा खाद्य महोत्सव

फागुन १ देखि सौराहा खाद्य महोत्सव
+
-

चितवन-सौराहा खाद्य महोत्सव आगामी फागुन १ देखि ३ गतेसम्म हुने भएको छ । कोभिड–१९ का कारण यस वर्षको महोत्सव खुला चौरमा नभई सडकमा गरिँदै छ।

रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान) सौराहाको आयोजनामा कार्यक्रम हुँदैछ। संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहाको गैँडाचोकदेखि हात्ती चोकसम्म सडकमा महोत्सव गर्न लागिएको बताउनुभयो । यो १५ औँ महोत्सव हो।

यसअघिका वर्षमा सिसुवार खेल मैदानमा सांस्कृतिक कार्यक्रमसहित महोत्सव हुने गर्दथ्यो। यस वर्ष भने दैनिक विभिन्न जातिका झाँकीसहित महोत्सव गरिँदै छ ।

खतिवडाले थारु, मगर, चेपाङ, कुमाल, तामाङलगायत जातजातिका झाँकीसँगै पञ्चेबाजा, खैचडी प्रस्तुतीकरणका लागि गृहकार्य भइरहेको जानकारी दिए। उनले भने, ‘साँझ ५ बजेपछि दैनिक सात/आठ वटा जातिका झाँकी प्रदर्शनका लागि गृहकार्य गरिरहेका छौँ।’ कोरोना कहरका कारण सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै भीडभाड कम गरेर सौराहा खुलेको छ भन्ने सन्देश प्रवाह गर्ने गरि महोत्सव गरिने उहाँको भनाइ छ ।

महोत्सवमा नयाँ र स्वादिला खाना तयार गर्न अनुरोध गरिँदै छ। कोरोना सङ्क्रमण कम हुँदै गएपछि सौराहामा पर्यटकको चहलपहल बढेको छ। बिदाका दिनमा होटल आन्तरिक पर्यटकले आधाभन्दा बढी भरिने गरेका छन् भने अन्य दिनमा पनि पर्यटकको सङ्ख्या बढ्दो रहेको क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए।

आन्तरिकरुपमा बजारीकरणमा सौराहाका व्यवसायी जुटेका छन् । उनीहरुले गत महीना पूर्वी नेपालमा घुमौँ सौराहा अभियान लिएर पुगेका थिए । अभियानका संयोजक सुमन घिमिरेले फरक ढङ्गबाट नियमित प्रचारप्रसार गरेर सौराहाको व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन आफूहरु लागि परेको बताए।

उनले भने, ‘महोत्सवले पनि सौराहाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।’ चितवन नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ पर्यटक चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ वन्यजन्तु र विभिन्न जातिका संस्कृति हेर्न आउने गर्दछन् । दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघलगायत जनावर आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणका केन्द्र बन्ने गर्दछन् ।

सन् २०२१ मा ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्रने र सन २०२२ सँगै आन्तरिक र बाह्य पर्यटकको आगमन उल्लेख्यरुपमा बढ्ने व्यवसायीको अपेक्षा रहेको छ । निकुञ्जको मुख्य प्रवेशद्वार सौराहामा १२० होटल र १०० हाराहारी रेष्टुराँ रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?