
काठमाडौँ- शुक्रबार नेकपाको ओली समूहले काठमाडौँको दरबारमार्गमा वृहत जनसभाको आयोजना गर्यो। उक्त जनसभा हेर्न जिल्लाबाट मानिसहरुको उपस्थित भएका थिए।
अगाडिपछाडि सुरक्षाकर्मी तैनाथ राखिएको जनसभामा उपस्थित भएका मानिसहरुको हातमा सूर्य अंकित झण्डा देखिन्थ्यो भने कतिपय मानिसहरु दरबारमा मार्गमा रहेका रुखहरुमा चढेर नेताहरुको भाषण सुनिरहेका थिए।यस्तै जनसभामा आउने सडकहरुमा प्रधानमन्त्री ओलीका पोस्टरहरु राखिएका थिए। साथै सोलार बत्तीको प्रत्येक पोलमा पनि प्रधानमन्त्रीकै फोटो झुण्ड्याइएको थियो।
कतिपय कार्यकर्ताहरु नेताको भाषण सुनेर वाक्क भएपछि सोही रुखमुनि आराम गरिरहेका देखिन्थे।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठ र बर्षा शाहले आफ्नो क्यामेरामा कैद गरेका तस्बिरहरु: