प्रतिनिधिसभा विघटनको मुख्य कारण एमसीसी सम्झौताको विवाद होइनः खनाल

प्रतिनिधिसभा विघटनको मुख्य कारण एमसीसी सम्झौताको विवाद होइनः खनाल
+
-

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुमा एमसीसी सम्झौताको विषय नभएको नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले बताएका छन्।

पार्टीको विधि तथा पद्धति भन्दा आफूलाई माथि ठानेकै कारण प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको खनालले बताए।

गृह जिल्ला इलाम जाने क्रममा झापाको विर्तामोडमा पत्रकारहरूसंग कुरा गर्दै नेकपाका वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीले पार्टीको स्थायी कमिटी तथा सचिवालयको निर्देशन नमानेर मुलुकमा एकतन्त्र शासन चलाउन खोजेको आरोप लगाए।

उनले भने, ‘एमसीसी सम्झौताको बारेमा अमेरिकी सरकारसंग पुनः कुरा गरेर परिमार्जन गरेर मात्र लागू गर्ने पार्टीको अडानलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेको पक्कै हुन्। तर संसद विघटनको मूल कारण भने त्यो होइन।’

संवैधानिक आयोगहरूमा एकलौटी ढंगमा नियुक्ति गर्दै जानु तानाशाही प्रक्रिया भएको नेता खनालको भनाइ थियो।

प्रतिनिधि विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला अदालतले न्याय दिनेमा विश्वस्त रहेको उनले बताए।

खनालले भने, ‘यो अदालतले नेपाली जनतालाई न्याय दिन्छ। संसदको पुनर्स्थापना हुन्छ।’ उनले अब प्रधानमन्त्री ओलीको कदमविरुद्ध संयुक्त आन्दोलनको आवश्यक्ता रहेको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष