न्यायमूर्तिहरु प्रधानमन्त्रीको पाउमा लम्पसार पर्ने छैनन् भन्‍ने मलाई विश्वास छः कांग्रेस नेता सिटौला

न्यायमूर्तिहरु प्रधानमन्त्रीको पाउमा लम्पसार पर्ने छैनन् भन्‍ने मलाई विश्वास छः कांग्रेस नेता सिटौला
+
-

झापा – नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अदालतले संविधानको अक्षरशः पालना गर्ने हो भने संसद पुनर्स्थापना भएरै छाड्ने बताएका छन्।

नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटौं स्मृतिसभालाई जिल्ला पार्टी कार्यालय विर्तामोडमा सोमबार सम्बोधन गर्दै सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगरे नेपालको राजनीतिक कोर्षमा गडबडी उत्पन्न हुनसक्ने सिटौलाले आशंका ब्यक्त गरे।

सरकारका नियुक्ति र लाभका पदमा दलीय दृष्टिकोण रहे पनि संविधानको ब्याख्या गर्ने कुरामा न्यायमूर्तिहरुले विवेक पुर्याउने विश्वास व्यक्त गर्दै संविधान मस्यौदा समितिका सभापति समेत रहेका सिटौलाले भने, ‘अदालतले फैसलापछिको परिणाम, जनमत, संविधानको मूल्य, मान्यता र भावनाको समेत ख्याल गर्नेमा म ढुक्क छु, न्यायमूर्तिहरु प्रधानमन्त्रीको पाउमा लम्पसार पर्ने छैनन्।’

नियुक्ति गरेकै भरमा न्यायिक प्रक्रिया पक्षपातपूर्ण नहुने उदाहरण प्रस्तुत गर्दै सिटौलाले भने, ‘अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका न्यायधीसहरुले ट्रम्पको मुद्धालाई खारेज गरिदिए, विश्वका लोकतान्त्रिक देशमा यस्ता थुप्रै उदाहारण छन्।’

राज्यकोषको रकम कार्यकर्तालाई बाँडेर आन्दोलनमा सहभागी गराउने के.पी. ओलीको प्रवृत्तिलाई पञ्चर्यालीको संज्ञा दिँदै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिटौलाले श्री ३ राणा महाराजहरुकै शैलीमा तानाशाही र हुकुमी शासनको अभ्यासमा लागेको आरोप लगाए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष