प्रधानमन्त्री ओलीविरुद्ध झापाका पत्रकार कालो फेटा बाँधेर सडकमा

प्रधानमन्त्री ओलीविरुद्ध झापाका पत्रकार कालो फेटा बाँधेर सडकमा
+
-

झापा – प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेको विरोधमा उनकै गृह जिल्ला झापामा पत्रकारहरू टाउकामा कालो फेटा बाँधेर सडकमा निस्किएका छन्।

बिर्तामोडको मुक्तिचोकमा भेला भएका प्रचण्ड-नेपाल समूहमा आवद्ध प्रेस संगठन तथा नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियन आवद्ध झापाली पत्रकारहरुले विभिन्न नाराका प्लेकार्ड लिएर नारावाजी गर्दै र्‍याली प्रदर्शन गरेका हुन्।

पत्रकारहरूले प्रेस विरोधी कानुन फिर्ता गर, संविधानको रक्षा गर, प्रतिगमन मुर्दावाद लगायत नारा लगाएका थिए।

प्रदर्शनमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), नारी सञ्चार गृह, आदिवासी पत्रकार संघसहित विभिन्न संघ/संगठनले ऐक्यवद्धता जनाएका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटाले झापामा प्रधानमन्त्री ओलीका भक्त मात्र छैनन् भन्दै विधि मान्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए।

पत्रकार महासंघ प्रदेश १ का सदस्य तीर्थ सिग्देल, महासंघका पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, प्रेस संगठन नेपाल प्रदेश १ का संयोजक राजन केडी, झापा संयोजक मुक्ति पौडल, फोनिजका प्रदेश १ इन्चार्ज दिपिन राई, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य लोकराज ढकाल, रेडियो विराटकी प्रवन्ध निर्देशक तथा सञ्चारकर्मी लीला अनमोल, आदिवासी पत्रकार संघका अध्यक्ष इन्द्रसिंह राजवंशी, प्रेस संगठनका प्रदेश सदस्य सुव्रत न्यौपाने, नारी सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीलगायतले ओलीको प्रतिगमन विरुद्ध बोलेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष