
काठमाडौँ- नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले प्रहरीले राज्यविरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी आफूलाई गिरफ्तार गरिएको जानकारी गराएकी छन्।
प्रहरीले आफूलाई गिरफ्तार गरेपछि अनुसन्धान मिन भवनमा रहेको जानकारी गराउँदै उनले सबै साथिहरूले धैर्य गर्न आग्रह गरेकी छिन्।
उनले ट्वीटरमा भनेकी छन्,‘ यो अन्तिम लडाईँ हो।आफ्नो ठाउँमा डटौँ।’
राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु।
सबै साथिहरूले धैर्य गर्नुहोला।
यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।
— Ram kumari Jhakri (@Jhakri_didi) February 11, 2021