केपी ओलीकाे साथ छाड्न कुनै आइतबार चाहिन्नँ: लेखराज भट्ट

केपी ओलीकाे साथ छाड्न कुनै आइतबार चाहिन्नँ: लेखराज भट्ट
+
-

बुटवल -नेकपा ओली पक्षका स्थायी कमिटि सदस्य तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रचण्डलाई लालगद्दारको संज्ञा दिदै उनले सडकमा तमासा देखाएको बताएका छन्।

पूर्व जनमुक्ति सेना नेपाल केन्द्रीय संयोजन समितिको बुटवलमा आयोजित राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्डले पूर्वजनमुक्ति सेना र उनीहरूका परिवारलाई धोका दिएको बताए।

उनले प्रचण्ड पद, सम्मान, सुखसयलका लागि आन्दोलनमा लागिरहेको र प्रचण्डमा सामन्ती प्रवृत्ति हावी भएको भन्दै प्रचण्डको आन्दोलनविरूद्ध उभिने समय आएको बताए।

उनले पार्टी जोगाउनका लागि केपी ओलीलाई साथ दिएको भन्दै ओलीमा प्रचण्ड प्रवृत्ति देखिए ओलीको साथ छाड्ने बताए।

“वर्षौदेखि प्रचण्डकै पछिपछि लागेर मुलुकका लागि भन्दै युद्ध लड्यौँ, त्यसक्रममा कैयौँले ज्यान गुमाए, अहिले त्यो सबै बिर्सेर सुखसयल, पद र परिवारमा केन्द्रित भएको देख्नुपर्यो, उनले भने- त्यसपछि छलफल नै नगरी पदकै लोभमा पार्टी एकता भयो, अहिले पद र शक्ति नपाएपछि पुनः विरोध शुरू गरेर हिँडेपछि प्रचण्डको साथ छाड्नुपर्यो, यो प्रवृत्ति केपी ओलीमा देखिँदैन भन्ने विश्वास छ, यदि त्यस्तो भए उहाँको साथ छाड्न कुनै आइतबार चाहिन्नँ ।”

कार्यक्रममा नेकपा नेताहरू शंकर पोखरेल, टोपबहादुर रायमाझी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?