बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन, नारा लाग्यो –आज हैन भोलिलाई, पाँच वर्ष ओलीलाई (तस्बिरसहित))

बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन, नारा लाग्यो –आज हैन भोलिलाई, पाँच वर्ष ओलीलाई (तस्बिरसहित))
+
-

बुटवल– पार्टीको आन्तरिक विवादबाट दुई कित्तामा विभाजित भएको नेकपामध्ये सत्तारुढ नेकपाले बुटवलमा निर्वाचनको स्वागत स्वरुप जनसभा गरेको छ।

लुम्बिनी प्रदेश कमिटिले आयोजना गरेको सभा र सभामा सहभागीहरुले जनसभालाई चुनावी सभाको रुपमा अर्थ्याएका छन्।

बुटवलको मुख्य सडकमा केपी ओलीका तस्वीरअंकित पोष्टरहरुसहित प्रचार गरिएको सभामा आउनेहरुले नाराबाजी नै गरे–’आज हैन भोलिलाई, पाँच वर्ष ओलीलाई।’

लुम्बिनी प्रदेशका जिल्लाहरुबाट गाडीमा ल्याइएका सहभागी कार्यकर्ताहरुले केपी ओली केन्द्रित नाराबाजी गरेका थिए।

‘केपी बा आइलभ यू, केपी ओली जिन्दावाद्, आज हैन भोलिलाई पाँच वर्ष ओलीलाई’ जस्ता नाराबाजी गर्दै कार्यकर्ताहरु बुटवलको बाक्लो बस्तीको बीचमा रहेको सिद्धेश्वर माविको मैदानमा पुगेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरु सबैजसोले अधिकांश समय प्रचण्ड र माधव नेपालको आलोचना, कमजोरी र आनीबानीहरुका बारेमा टिप्पणी गर्न खर्चिए। जनयुद्धताका भएगरेका घटनाक्रमहरु, पार्टी एकता, प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुँदाताका विषयहरु र घटनाक्रमहरु नेताहरुले कोट्याए।

आगामी वैशाखमा हुने चुनावमा लुम्बिनी प्रदेशमा सबै क्षेत्रमा नेकपाले जित हासिल गर्ने बताउँदै उनीहरुले चुनावका लागि तयार रहन आह्वान गरे।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ५० लाख समानुपातिक मत ल्याउने र यसअघि चुनाव हारेका क्षेत्रमा पनि जित हासिल गर्ने बताए।

उनले त्यो चुनौतीको सामना गर्नका लागि तयार रहन प्रचण्ड नेपाल समूहलाई चेतावनी दिए। महासचिव विष्णु पौडेलले आगामी चुनावमा नेकपाले बहुमत ल्याउने र केपी ओलीको नेतृत्वमा सरकार बन्ने बताए।

नेकपा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा, रुकुमजस्ता पूर्वमाओवादीको प्रभाव रहेका क्षेत्रमा समेत आफूहरुले चुनाव जित्ने दावी गरे।

नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, राधा ज्ञवाली, छविलाल विश्वकर्माले चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आह्वान गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?