प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै सिटौलाले भने, ‘न्यायाधीशलाई नधम्क्याउनुहोस्’

प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै सिटौलाले भने, ‘न्यायाधीशलाई नधम्क्याउनुहोस्’
+
-

झापा – प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला अदालतलाई प्रभावमा पार्न र धम्क्याउने काम बन्द गर्न नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्।

नेपाली कांग्रेसद्वारा ७७ वटै जिल्लामा सोमबार प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शनको आयोजना गर्ने क्रममा झापाको भद्रपुरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिटौलाले आफूले गरेका गलत कदमको आत्मालोचना गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए।

सिटौलाले भने, ‘म उहाँलाई उहाँकै गृह जिल्लाबाट सुझाव दिन चाहन्छु कि प्रतिनिधि सभा विघटन गर्ने कदम गलत थियो भनेर। कम्युनिष्ट पार्टीका नेतालाई आत्मालोचना गर्न सहज छ।’

विघटित प्रतिनिधि सभालाई व्युँताउने काम गर्न प्रधानमन्त्री ओलीलाई सिटौलाले सुझाव दिए। अदालतका न्यायाधीशहरूको तेजोबध गर्ने नगर्न उनले चेतावनी दिए।

उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धम्क्याउने काम तपाईं नगर्नुहोस्।’

प्रधानमन्त्री ओलीको गलत कदमलाई अदालतले रोक्न सक्छ कि सक्दैन भन्दै सिटौलाले प्रश्न गरे। यही प्रश्न प्रत्येक नेपाली नागरिकको मनमा रहेको उनको भनाइ थियो।

‘मान्छे भन्छन् प्रधानमन्त्री र अदालतको न्यायाधीशहरूसंग सेटिङ छ,’ सिटौलाले भने, ‘सेटिङ हामी जान्दैनौं संसद पुनर्वहाली नभइ मान्दैनौं।’

प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधिले संवैधानिक व्यवस्थामा आगो लगाउने काम भएको उनले बताए।

सिटौलाले भने, ‘आफ्नो पार्टीको रिस जनताको सार्वभौमिकतामा पोखियो। जनताले दुःख पाए।’

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष