
काठमाडौँ- नेकपा दाहाल–नेपाल पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा विदेशी हस्तक्षेप बढेको टिप्पणी गरेका छन्।
बुधबार सार्वजनिक श्रेष्ठको ट्वीट र फेसबुकमा भनिएको छ,‘ देश गम्भीर संकटबाट गुज्रदैछ। संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन,पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ।’
उनले सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट बिदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको विश्लेषण गरेका छन्।
उनले थप भनेका छन्,‘विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्।’