एउटै घटनामा जन्मकैद पाएका चारजनालाई राष्ट्रपतिको आममाफी, एकजना दुई वर्ष मात्र जेल बसेर छुटे

एउटै घटनामा जन्मकैद पाएका चारजनालाई राष्ट्रपतिको आममाफी, एकजना दुई वर्ष मात्र जेल बसेर छुटे
+
-

काठमाडौँ- दाङमा ९ वर्षअघि भएको एक ज्यान मार्ने घटनामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका चार जना, राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी पाएर शुक्रबार छुटेका छन्।

मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १५९ अनुसार उनीहरुलाई आम माफी दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयको प्रस्तावमा राष्ट्रपतिले उनीहरुलाई आममाफी दिएकी हुन्। त्यसअघि उनीहरुले राष्ट्रपतिलाई आममाफीका लागि निवेदन दिएका थिए।  तीमध्ये एक जना २०७५ फागुनमा पक्राउ परेर जेल सजाय भुक्तान गरिरहेका थिए।

२०६६ चैत २५ गते भएको घटनामा धनबहादुर हमालको जाहेरीले ९ जना पक्राउ परेका थिए। तीमध्ये कालुराम चौधरी नामका दुईजना, मधुर परियार र सुनिल चौधरीलाई सर्वोच्च अदालतले २०७४ फागुन २७ गते जन्मकैद सजाय सदर गरेको थियो।

उक्त घटनामा सजाय पाएर दाङको तुलसीपुर जेलमा रहेका चारजना शुक्रबार छुटेका छन्। काठमाडौंको केन्द्रीय कारागारमा रहेका अर्का एकजना पनि छुटेका छन्। कालुराम चौधरी नामका दुवै जनालाई जन्मकैद सजाय सुनाइएको थियो।

तीमध्ये एक जना केन्द्रीय कारागारमा थिए। उनी दुई वर्षअघि मात्र पक्राउ परेका हुन्। मधुर २०६७ मंसिर, कालुराम २०७० कात्तिक,सुनिल २०६९ भदौयता जेलमा थिए। त्यही घटनामा तीन वर्ष कैद भएका युवराज केसी २०७६ साउनमा पक्राउ परेका हुन्।

मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा १५९ अनुसार १५ जनाले बुधबार सजाय माफी पाएका छन्।

यीमध्ये ७ जना जेल बाहिर थिए। भष्ट्रचार, यातना, जबर्जस्ती करणी, क्रुर तथा अमानवीय तरिकाले नियन्त्रणमा लिइ ज्यान मारेको, जाति हत्या, विस्फोटक पदार्थ, अपहरण, शरीर बन्धक वा बेपत्ता, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धिकरण र तीन वर्षभन्दा बढी कैद सजाय हुने लागु औषधको ओसारपसार वा कारोबारका दोषीलाई भने यसरी आम माफी दिन नमिल्ने कानुनी व्यवस्था छ।

फौजदारी कसुर निर्धारण तथा कार्यान्वयन एेन २०७४ अनुसार शुक्रबार ५ सय ८० जना कैदीलाई राष्ट्रपतीले सजाय माफी दिएकी छिन्। कम्तिमा ५० प्रतिशत कैद सजाय भुक्तान गरेका कैदीहरु  सजाय माफीका लागि योग्य हुने उक्त ऐनमा व्यवस्था छ।

कारागार विभागका अनुसार कर्तव्य ज्यानका २ सय ६१, सवारी ज्यानका १ सय २०, बहु विवाहका ८४ सहितका कैदीले बाँकी सजाय माफी पाएर छुटेका हुन्।

कर्तव्य ज्यान मुद्दामा बाँकी सजाय माफी पाउने कैदीमा एक सय ७९ जना जन्मकैद सजाय पाएका कैदी छन्। उनीहरुमध्ये ३२ जना घटना हुँदाका बेला बालबालिका भएका आधारमा छुटेका हुन्।

यो पनि पढ्नुहोस्

जेल भन्दा बाहिर रहेका ७ जनालाई पनि राष्ट्रपतिले दिइन् आममाफी

जेल भन्दा बाहिर रहेका ७ जनालाई पनि राष्ट्रपतिले दिइन् आममाफी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?