सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा गोंगबु क्षेत्रका होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण
+
-

काठमाडौँ-सिद्धार्थ बैंक लिमिटेडले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार गोंगबु शाखा प्राङ्गणमा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्ध कमिनबहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा शम्भुनाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोड मार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेका हुन्।

उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन्।

बैंकले हाललाई ५० होटल व्यवसायीहरुलाई क्यूआर कोडहस्तान्तरण गरेको छ र आगामी दिनहरुमा होटल सङ्ख्या थप गर्ने कार्यलाई निरन्तरता दिदैँ जाने योजना बैंकको रहेको छ।

नगद रहित कारोबार प्रवर्द्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम मार्फत साना तथा मझौला उद्यमीहरु डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?