प्रधानमन्त्री ओलीको गृह जिल्ला दौड, उद्घाटन र शिलान्यास मुख्य काम

प्रधानमन्त्री ओलीको गृह जिल्ला दौड, उद्घाटन र शिलान्यास मुख्य काम
+
-

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा आउने रफ्तारलाई तीव्रता दिएका छन्।

एक सातामा तीन पटक उनको झापा आउने कार्यक्रम तय भइसकेको छ। उनी फागुन १६, १८ र २१ गते झापा आउने भएका हुन्।

प्रधानमन्त्री सचिवालयका सदस्य होमबहादुर थापाका अनुसार फागुन १६ गते उनी दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुनेछन्।

फागुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा विभिन्न योजनाको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम छ। मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तर्गत पर्ने २५ वटा बढी पुलको एकैपटक प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने छन्।

दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय विगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने छन्। कमल ७ मा हुने कार्यक्रमपछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको थापाले बताए।

प्रधानमन्त्री ओलीले फागुन १८ गते व्यवसायी दुर्गा प्रसाईँले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने र २१ गते सुखानी शहीद स्मृति दिवसका अवसरमा बिर्तामोडमा हुने सभालाई सम्बोधन गर्ने नेकपा झापाका कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष