पन्ध्र करोड राजश्व छल्‍ने बाबा फ्लोर मिल्सका सञ्चालकसहित तीनजनाविरुद्ध मुद्दा

पन्ध्र करोड राजश्व छल्‍ने बाबा फ्लोर मिल्सका सञ्चालकसहित तीनजनाविरुद्ध मुद्दा
+
-

काठमाडौँ-राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोवारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आज उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ ।

उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ । विभागले गरेको अनुसन्धानमा उनीहरूले आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर तथा आयकर छलेको पाइएको हो ।

उक्त घटनामा उनीसहित सोही ठाउँका सुमन राठी र गिरधारीलाल अग्रवाल संलग्न रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ । दायर मुद्दामा उनीहरूमाथि बिगो असुल उपर गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ । उनीहरूले सामान ओसारपसार गर्दा विभागको सूचना प्रणालीमा सामान प्रविष्ट नगरेको पाइएको छ ।

प्रतिवादीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको विभागको आरोप छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?