उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच वित्तीय कर्जाका लागि सम्झौता

उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघबीच वित्तीय कर्जाका लागि सम्झौता
+
-

काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघकाबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमईज) को प्रबर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले महासंघको सचिवालयमा हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अनुसार वाणिज्य बैंकहरू र एसमएमईजहरूकाबीच कर्जा लगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाई समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूकाबीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यवसायिक वातावरण श्रृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रबर्द्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईजको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रिय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकता अनुसार संयुक्त रूपमा प्रदेशस्तरीय विक्तीय साक्षरता कार्यत्रमहरू संचालन गर्ने कार्यक्रम छ।

महासंघका अध्यक्ष गोल्छाले मुलुकभित्र एसमएमईजको प्रवर्द्धनमा दुवै संस्था बीच भएको यो समझदारी कोशेढुंगा हुने बताए।

उनले भने, ‘हामी सहकार्यको नयां मार्गतर्फ पाइला हालेका छौं, निश्चियनै एसमएमईजले विशेष गरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले अव संवोधन गर्नेछ अध्यक्ष गोल्छाले भन्नु भयो– एसमएमईजलाई सघाउन सकेमात्र समृद्धि सम्भव छ।’

बैकर्स संघका अध्यक्ष दाहालले एसएमईजको सहयोगका लागि सहकार्य गर्न दुवै संस्था बीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताउंदै उनले भने, ‘हामी दुवै संस्था समृद्धिका असल साझेदार हौं । हामी बीचको सहकार्य निरन्तर अगाडी बढ्ने बताउंदै अध्यक्ष दाहालले हामी यसलाई केन्द्रदेखि प्रदेशसम्मै लैजान्छौ।’

उनले अहिले पनि मुलुकभित्र ७४९ वटा स्थानीय निकायसम्म बैकिङ पहुँच विस्तार भैसकेको जानकारी गराउँदै महासंघको यो सहकार्य पछि तल्लोतहसम्म गएर वास्तविक सहयोग खोजीरहेका एसएमईजहरुलाई सघाउन थप सहयोग पुग्ने बताए।

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने भएकाले समझदारी अनुसार छिट्टै दुवै संस्था र आइएलओ समेत वसेर कार्ययोजना बनाई कार्यान्वयनमा जाने प्रतिवद्धता जनाए।

अन्तराष्ट्रिय श्रम संगठनका वरिष्ठ अधिकृत प्रकाश शर्माले एसएमईजहरुको ८० प्रतिशत समस्या ऋणको सहज पहुंचको अभावनै रहेको पाइएकोले एसएमईजहरुलाई नै केन्द्रीत गरि भएको यो समझदारीले अव त्यो समस्यालाई संवोधन गर्ने विश्वास व्यक्त गरे।

मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरुकै भएकाले यो समझदारीले एसमएमईजहरु फस्टाउन विशेष सहयोग पुग्ने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?