गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु घटना: दोषीलाई कारबाहीको माग गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुको प्रदर्शन

गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु घटना: दोषीलाई कारबाहीको माग गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुको प्रदर्शन
+
-

काठमाडौँ- कोटेश्वर बहुमुखी क्याम्पसमा प्रथम वर्षमा अध्ययनरत अन्जु दाहालको गाडीको ठक्करबाट मृत्यु भएको घटनाको विरोध गर्दै कोटेश्वर चोकमा विद्यार्थीहरुले बिहिबार प्रदर्शन गरेका छन्।

उनीहरुले घटनाको छानबिन,सवारी चालकलाई कानुनी कारवाही र पीडित परिवारमा उचित राहत र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनपछि बोल्‍दै नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरु दिन प्रतिदिन असुरक्षित बन्दै गएको बताए। उनले भने, ‘ हाम्रा विद्यार्थीहरु कलेज बाट घर जाने क्रममा जेब्रा क्रसिङ मै ठक्कर दिई मृत्यु भएको घटनालाई दुर्घटना होइन, यो त हत्या भएको हो। तर आजसम्म चालक र सबारिधनी लाई कारबाहीमा नगरिनु प्रहरी प्रशासनको गम्भीर लाहप्रबाही हो। ‘

राज्य विद्यार्थी र नागरिकको जिउ धनको सुरक्षा दिन दिनै चुकेको बताउँदै उनले सत्ताको झिनाझम्टीमा रुमलिएको सरकार लाई तत्काल अन्जु दाहालको परिवारले न्याय नपाए अझ कडा आन्दोलनमा उत्रने चेतावनी दिए।

कोटेश्वर क्याम्पसका प्रमुख गोबिन्द कार्की,अखिल केन्द्रिय सदस्य रबिन बस्नेत,स्वबियू सभापति माधव अधिकारी,नेविसंघ कोटेश्वर क्याम्पसका अध्यक्ष दिनेश कार्की लगायतले सम्बोधन गर्दै दोषीलाइ कडा करबाहिको माग गरे।

प्रदर्शनकै क्रममा प्रहरीले प्रदर्शनकारीमाथि धरपक्कड गर्दै नेविसंघ कोटेश्वरका अध्यक्ष दिनेश कार्की,उपध्याक्ष सन्जय बुढाथोकी,विद्यार्थी नेता टेक बहादुर शाहीलाई पक्राउ गरेको थियो। तर केही घण्टामै उनीहरु रिहाइ भएको नेविसंघ सचिव विशाल कोइरालाले बताए।

सिन्धुपाल्चोक जिल्ला, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ निवासी दाहालको बुधबार बिहान क्याम्पस जाने क्रममा ललितपुरको बागडोलमा गाडीको ठक्करबाट मृत्यु भएको थियो।

कोटेश्वर चोकबाट शुरु भएको र्‍याली बालकुमारी चोकमा कोणसभापछि समापन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?