सम्झना हत्या प्रकरण

हत्यारालाई कारबाही गर्न आन्दोलन गर्ने नै ‘हत्यामा संलग्न’

हत्यारालाई कारबाही गर्न आन्दोलन गर्ने नै ‘हत्यामा संलग्न’
+
-

बुटवल – गुल्मीको रेसुंगा ३ की सम्झना बोहोराका हत्यारालाई कारबाही गर्न माग गर्दै भएको आन्दोलनमा सहभागी एकजनालाई हत्याको अभियोगमा पक्राउ गरेर गुल्मी प्रहरीले सार्वजनिक गरेको छ।

रेसुंगा नगरपालिका ३ की २१ बर्षीया सम्झना बोहोराको हत्यामा संलग्न भएको आरोपमा स्थानीय ४७ बर्षीय लाल बहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको हो।

खत्री फागुन ६ गते बेपत्ता भएकी सम्झनाको अवस्था पत्ता लगाउनु पर्ने र सासुलाई आत्महत्या गर्न बाध्य पार्नेलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग आक्रोश पोख्दै दुर्व्यवहार गर्ने व्यक्ति हुन्।

फागुन १७ गते घर नजिकै सम्झनाको शव विभत्स अवस्थामा फेला परेको थियो। सम्झनाको शवको बारेमा प्रहरीलाई खत्रीले नै खबर गरेका थिए।

सोही दिन प्रहरीले लाल बहादुरलाई नियन्त्रणमा लिएको थियो। खत्रीले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेपछि सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए।

अहिले हत्या गरेको मात्रै स्वीकार गरेकोले थप अनुसन्धान भइरहेको पाण्डेयले बताए। गत माघ २९ गतेबाट सम्झना बोहरा बेपत्ता थिइन्। फागुन २ गते सम्झानाकी सासु ५२ बर्षीया टोमकला खत्री घर नजिकै झुण्डिएको अवस्थामा फेला परिन्।

सम्झना बोहोराको शव गुल्मी अस्पतामै थियो। हत्यामा संलग्नलाई सार्वजनिक नगरेसम्म परिवारले शव नउठाउने अडान राखेका थिए। हत्यामा संलग्न सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारीसँग पीडित पक्षले छलफल गरेर शव बुझ्ने सहमति भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?