फोटो फिचर

विष्णु पौडेलद्वारा कडा सुरक्षाबी‌च औद्योगिक क्षेत्र शिलान्यास, स्थानीयको प्रदर्शन जारी

विष्णु पौडेलद्वारा कडा सुरक्षाबी‌च औद्योगिक क्षेत्र शिलान्यास, स्थानीयको प्रदर्शन जारी
+
-

बुटवल– कडा सुरक्षाबीच अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीको मोतीपुरमा रहेको औद्योगिक क्षेत्र शिलान्यास गरेका छन्। स्थानीयले प्रदर्शन जारी राखेका छन्।

कार्यक्रम स्थलमा स्थानीयले अर्थमन्त्री पौडेल, प्रदेश सांसद तुलसी चौधरी, ओद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नन्दकिशोर बस्नेतविरूद्ध नाराबाजी गरिरहेका छन्।

शुद्धोधन–३ र सियारीको केही भाग समेटिएको यो क्षेत्र विष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्रमा पर्छ।

पौडेलले शिलान्यास गर्न लागे पनि भुसालले जनताको असहमतिका बीच शिलान्यास गर्न नहुने बताएका छन्।

भुसालले टेलिफोनमा भने, ‘यो ओचित्यहिन काम हो। जनतामाथि दमन गरेर, झुक्याएर शिलान्यास गर्नु हुँदैन, जनताले अपनत्व गरेको विकासको कुनै ओचित्य छैन। मसँग बसेर समेत कुरा भएको थियो, मैले स्थानीयलाई सहमत गराएर मात्रै काम अघि बढाउनुपर्छ भन्ने कुरा गरेको हुँ। त्यो सहमति विपरीत अहिले जबरजस्ती शिलान्यास गर्न हुँदैन।’

जनतालाई धम्क्याएर विकास अघि बढाउन नहुने भुसालले बताए।

उनले भने, ‘जनतालाई धम्क्याएर विकास अघि बढाउन हुँदैन, जनतालाई साथ लिएर, चित्त बुझाएर मात्रै विकास सम्भव छ, जनताको उठिबास लगाएर काम अघि नबढाईयोस्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?