काठमाडौँ-महालक्ष्मी विकास बैंकको आर्थिक वर्ष २०७६-७७ कोवासलात नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई सञ्चालक समितिको २०७७ फाल्गुन २० गते बसेको ४७८ औ बैठकले आर्थिक वर्ष २०७६-०७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमालाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ।
कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्नको लागिसुचनासमेत प्रकाशित भईसकेको छ। साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीहरुलाई बोनस सेयर वितरण गरिने छ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको,तथा ३४ वटा एटिएमहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.को ५ लाखभन्दा बढी ग्राहक संख्या रहेको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































