स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री विष्णु पौडेलले भनेः विकास विरोधी तत्वले आक्रमण गर्‍यो

स्थानीयले ढुंगामुढा गरेपछि अर्थमन्त्री विष्णु पौडेलले भनेः विकास विरोधी तत्वले आक्रमण गर्‍यो
+
-

बुटवल– अर्थमन्त्री विष्णु पौडेलमाथि औद्योगिक क्षेत्र शिलान्यासका क्रममा स्थानीयद्वारा ढुंगामुढा र विरोध प्रदर्शन भएपछि उनले विकास विरोधी तत्वले आक्रमण गरेको बताएका छन्।

औद्योगिक क्षेत्रले ओगट्ने क्षेत्रको मुआब्जा दिन र आफ्ना माग पूरा गर्न माग गर्दाकै अवस्थामा शिलान्यास हुने खबरपछि स्थानीयले विरोध गर्दै आएका थिए।

विरोधका बीच औद्योगिक व्यवस्थापन लिमिटेडले स्थानीयसँग सहमति नगरी सुरक्षाकर्मी परिचालन गरेर सुरक्षाघेरामा कार्यक्रम सञ्चालन गरेपछि स्थानीयले अर्थमन्त्री पौडेलविरुद्ध नाराबाजी र प्रदर्शन गरेका थिए।

स्थानीयले वास्तविक कुरा नबुझी राजनीतिक व्यक्तिको स्वार्थका पछि लागेर नाराबाजी र प्रदर्शनमा उत्रिएको उनले बताए।

‘उहाँहरुले वास्तविक कुरा बुझ्नुभएन, कसैले उचालेकै भरमा उहाँहरु विरोध प्रदर्शनमा आउनुभयो, उहाँहरुले माग गरेअनुसार हामीले पूरा गर्छौं,’ कार्यक्रमस्थलबाट सिधा बुटवल आएर पत्रकार सम्मेलन गरेका पौडेलले भने, ‘उहाँहरुले लालपूर्जा माग्नुभएको छ, उहाँहरुले लालपूर्जा पाउनुहुन्छ, यही सरकारले उहाँहरुलाई लालपूर्जा दिन्छ र उहाँहरुको समस्या समाधान गर्छ।’

उनले विकासको विरोध गर्नेहरु खुलेर आउन आह्वान गरे।

‘पर्दा पछाडिको हुनुहुन्छ, उहाँहरुलाई खुलेर आउन म आग्रह गर्छु,’ उनले भने, ‘उहाँहरुलाई म चुनौती दिन चाहन्छु कि विकास रोकेर देखाउनुस्।’

पत्रकार सम्मेलनमा उपस्थित उद्योग मन्त्री लेखराज भट्टले देशभरका औद्योगिक क्षेत्रहरुको शिलान्यास भएको र छिटै काम अघि बढ्ने बताए। उनले विरोध भएका ठाउँहरुमा स्थानीयका माग पूरा गर्ने गरी तयारी अघि बढाइसकेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?