भारतमा कोरोना संक्रमितको संख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी, एकैदिन १७ को मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी, एकैदिन १७ को मृत्यु
+
-

नयाँदिल्ली-भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५७ हजार ८३५ जना पुगेको छ।

हाल भारतमा एक लाख ८८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने एक करोड आठ लाख ८२ हजारभन्दा बढी कोराना मुक्त भएका छन्।

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप कार्यक्रम शुरु भएको थियो। त्यसैगरी दोस्रो चरणमा ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने कार्यक्रम शुरु भइरहेको छ ।

त्यसैबीच दिर्घरोगी छन् भने ४५ वर्ष माथीकालाई पनि कोरोना भाइरसविरुद्धको खोप शुरु भएको छ।

गत जनवरी १६ यता भारतमा २ करोड १० लाख व्यक्तिले कोरोना विरुद्धको खोप लगाईसकेका छन्।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले मङ्गलबारसम्म देशभर २२ करोड १९ लाख ६८ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ।

हिजो आइतबार एकै दिनमा पाँच लाख ३७ हजार ७६४ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?