एसिड छ्याप्‍नेलाई कारबाही गर्न जन्मकैदको कानुन बनिसकेको छ-मन्त्री अर्याल

एसिड छ्याप्‍नेलाई कारबाही गर्न जन्मकैदको कानुन बनिसकेको छ-मन्त्री अर्याल
+
-

काठमाडौँ-कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्नका निम्ति सरकारले कडा कानुन निर्माण गरेको बताएकी छिन्।

१११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन।

विश्वका महिलाहरु धेरै अगाडी बढिरहँदा अहिलेपनि नेपालका महिलाहरु विशेषगरी किशोरीहरु असुरक्षित रहेको भन्दै उनले विभिन्न निहुँमा किशोरीमाथी एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरुप बनाइदिने अपराधीलाई कारबाही गर्नका निम्ति सरकारले कडा कानुनको व्यवस्था गरेको बताइन्।

‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाहरुको जीवन बर्बाद पार्ने। जीवनभर कुरुप बनाइदिने घटनाहरु बढ्दै गए। हामीसँग एसीडसम्बन्धी कानुन रहेनछ, मन्त्री अर्यालले भनिन्, ‘त्यसकारण सरकारले क्षतीअनुसारको कडाभन्दा कडा सजाय हुनेगरी अपराधीलाई कारबाही गर्न कडा कानुनको व्यवस्था गरेको छ। सँगै पीडितको शिक्षा, स्वास्थ्यको सरकारले जिम्मा लिनेगरी कानुन निर्माण भएको छ।’

३ वर्षको बालिकादेखि ७० वर्षका बृद्धसम्म बलात्कारको सिकार हुने खगरेको भन्दै उनले त्यस्ता बलात्कारीलाई कारबाही गर्नका निम्ति सरकारले कानुन निर्माण गरेको बताइन्। उनले भनिन्, ‘बालिकाहरु देखी ७० वर्षसम्मका हाम्रा आमाहरु असुरक्षित छन् । यस्ता कुराहरु सुन्न सकिने कुरा हो। त्यसैले सरकारले ती पिपाशुहरुलाई कारबाही गर्न जन्मकैदको व्यवस्थासहितको कानुन निर्माण गरेका छौँ।’

समान कामको समान ज्याला पाउनुपर्छ, महिलाले मताधिकार पाउनुपर्छ भन्ने अभियानबाट शुरु भएको महिला आन्दोलन आज नेपालमा महिला राष्ट्रपति बनाउन सक्ने अवस्थासम्म आएको भन्दै मन्त्री अर्यालले अझै थुर्पै उपलब्धिहरु हासिल गर्न बाँकी रहेको बताइन्।

प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धि हासिल गर्नका निम्ती अगाडी बढ्नुपर्ने उनको भनाइ थियो। ‘यत्तिले हामीलाई पुग्दैन । प्राप्त उपलब्धीमा गर्व गर्दै थप उपलब्धि हासिल गर्न अगाडी बढौँ, उनले भनिन्, ‘अग्रजहरुको योगदानले तपाईहामी यो स्थानमा पुग्न सफल भएका छौँ। सहभागीताबाट शुरु भएको अभियान हो यो, तर गन्तव्य समानता हो ।’सहभागिताबाट शुरु भएको अभियान सबै क्षेत्रमा महिलाको पूर्ण समानता नभएसम्म निरन्तर अगाडी बढ्ने उनको भनाइ थियो।

राजनीति सँगै सबै निकायमा महिला सहभागिता बढाउने कुरामा केन्द्रित हुन आवश्यक रहेको भन्दै मन्त्री अर्यालले सांसद्, राष्ट्रपति हुँदै अब प्रधानमन्त्री महिला बनाउने खोजीमा रहेको बताइन् । ‘महिला आन्दोलन सहभागीताबाट शुरु भएको हो, तर हाम्रो गन्तव्य समानता नै हो । राष्ट्रपति बनायौं, अब पहिलो महिला प्रधानमन्त्री बनाउने खोजीमा हो हाम्रो आन्दोलन।’, उनले भनिन्, ‘सांसदहरु समानुपातिकमा मात्र होइन प्रत्यक्ष निर्वाचित महिला-पुरुष बराबरी संख्यामा पुर्‍याउने हाम्रो अभियान हो।’ अब सबै क्षेत्रमा समानतामा जानका निम्ति अबको महिला आन्दो्लन केन्द्रित हुनुपर्ने उनको भनाई थियो।

महिलाहरु हरेक क्षेत्रमा उत्कृष्ट बन्ने अभियान निरन्तर रुपमा चलेको बताउँदै मन्त्री अर्यालले राज्यका तर्फबाट महिलालाई अगाडी बढाउन तथा हिंसापीडित महिलालाई न्याय दिलाउनका निम्ती थुर्पै कामहरु भएको बताइन् ।

अब महिलाहरुलाई आत्मनिर्भरताका निम्ती गरेर खान सिकाउने अभियान चलाउनुपर्ने भन्दै उनले गरेर खानका निम्ति न्यूनतम ब्याजमा ऋणको व्यवस्था गरिदिनुपर्ने बताइन्। ‘जबसम्म महिलाहरु आफ्नो खल्ती बलियो पार्नसक्ने हुँदैन तबसम्म बलियो हुदैन । त्यसैले महिलाहरुलाई बलियो बनाउनका निम्ती उनीहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्।

महिला जागरणमा सामुदायिक वन महासंघको ठूलो भूमिका रहेको भन्दै उनले आफ्नो संगठन संरचनाभित्र ५० प्रतिशत महिला सहभागीता पुर्‍याएर अरुलाई पनि ठूलो पाठ सिकाउन सफल भएको बताइन्। त्यस अवसरमा सामुदायिक वन संरक्षण तथा प्रकृति संरक्षण अभियानमा योगदान गर्ने महिलाहरुलाई सम्मानित गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?