लाइफ इन्स्योरेन्सको १८औ साधारणसभा सम्पन्‍न, शेयरधनीलाई १० प्रतिशत बोनस दिने

लाइफ इन्स्योरेन्सको १८औ साधारणसभा सम्पन्‍न, शेयरधनीलाई १० प्रतिशत बोनस दिने
+
-

काठमाडौँ-लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १८औं वार्षिक साधारण सभा मंगलबार एलआईसी नेपालको शिक्षालयहल, नक्साल, काठमाण्डौमा सम्पन्न भएको छ।

साधारण सभाले आ.ब. २०७५-०७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३  प्रतिशत लाभांश पारित गरेको छ जस अन्तर्गत १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन्।

आ.ब. २०७५-०७६मा कम्पनीले १,८९,३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमा शुल्क आम्दानी बापत रु. ४२२.८३ करोड संकलन गर्न सफल भएको थियो।

२०७६ आषाढ मसान्त सम्ममा यस कम्पनीमा सक्रिय बीमा लेखहरुको संख्या७,३५,७४५र कूल जीवनबीमा कोषमा रु. ५३८७.७३ करोड संकलन भएको छ।

आ.ब. २०७५-०७६मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमा शूल्क आर्जनमा४६.३६ प्रतिशत, बीमा लेख संख्यामा ४२.०९∞, लगानीतर्फ २३.६५∞ र लगानीबाट प्राप्त आम्दानीमा २१.९२∞ को वृद्धिदर रहेको थियो।

१८औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीको प्रतिनिधित्व गर्ने १ जना पब्लिक डाइरेक्टरमा कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ।

कम्पनीका अध्यक्ष श्रीएम.आर. कुमारले सवै शेयर धनीहरुलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गरेका छन्। उनले एलआईसी नेपालको १९औं (आ.ब. २०७६-७७) वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने वताउँदै आ.ब. २०७६-०७७मा कोभिड १९ महामारीले व्यवसायमा असर गरेको जानकारी दिए।

चालु आ.ब. २०७७÷७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बीमा शुल्क आर्जनमा २०.२४प्रतिशत को बृद्धिदरका साथ कूल वीमा शुल्कअ आर्जन रु. ९६१.१८ करोड आर्जन गरेको र कम्पनीको कूलजीवनबीमा कोषमा रु. ७,४२४.४९ जम्मा गर्न सफल भएको समेत जानकारी गराए।

सभामा सञ्‍चालक समितिका अन्य संचालकहरु मुकेशकुमार गुप्ता, अशोक कुमार अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र लक्ष्मी प्रसाद दास उपस्थित थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?