सन्दीप जोरा र भेषावकरको सतकीय साझेदारी, सन्दीप लामिछाने नेतृत्वको टोलीलाई हराउँदै एपीएफ फाइनलमा

सन्दीप जोरा र भेषावकरको सतकीय साझेदारी, सन्दीप लामिछाने नेतृत्वको टोलीलाई हराउँदै एपीएफ फाइनलमा
+
-

काठमाडौँ- सन्दीप लामिछानेले कप्तानी गरेको काठमाडौँ मेयर्स-११ लाई ७ विकेटले पराजित गर्दै शसस्त्र प्रहरी बल-एपीएफ क्लब मेयर्स कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफलाई महत्वपूर्ण जित दिलाउन शरद भेषावकर र सन्दीप जोराले अर्धसतक बनाउनुका साथै सतकीय साझेदारी पनि गरे।

शरद ६१ र सन्दीप ६२ रनमा अविजित रहे। उनिहरुले चौथो विकेटका लागि एक सय १९ रनको साझेदारी गरेका थिए। त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर्स-११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर एक सय ७७ रन जोड्यो।

एपीएफका अविनाश बोहरा र कमल ऐरीले तीन तीन विकेट लिए। काठमाडौँ मेयर्स-११ का लागि सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भुसालले २० रन बनाए। एपीएफले  १३ ओभरमा २ विकेट गुमाएर ४९ रन जोडेको छ।

एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लबको सामना गर्ने छ। चार खेलपछि यी दुवै टोलीले समान ६ अंक जोडेर शीर्ष दुई स्थानमा रहेका हुन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’