मिस युनिभर्स नेपाल अंशिकाले लिइन् कनकाई नगरपालिकाका १४ जना विद्यार्थीको पढाइको जिम्मा

मिस युनिभर्स नेपाल अंशिकाले लिइन् कनकाई नगरपालिकाका १४ जना विद्यार्थीको पढाइको जिम्मा
+
-

झापा – मिस युनिभर्स नेपाल – २०२० अंशिका शर्माले झापाको कनकाई नगरपालिकाका १४ जना विद्यार्थीलाई पढाउने जिम्मा लिएकी छिन्।

शर्माले ‘अंशिका एजुकेसन वेल्फेयर फाउन्डेसन’ स्थापना गरेर त्यही फाउन्डेसनमार्फत ती १४ जना विद्यार्थीलाई पढाउने जिम्मा लिएकी हुन्।

एक महिना अघिदेखि उनीहरूलाई पढाउने जिम्मा आफूले लिएको उनले देशसञ्चारलाई बताइन्।

मिस युनिभर्स नेपाल-२०२० विजेता हुँदा पाएको नगद पुरस्कार १० लाख रूपैयाँबाट ती विद्यार्थीहरूको शिक्षामा लगानी उनले थालेकी हुन्।

उनले भनिन्, ‘उनीहरू जति तहसम्म पढ्न सक्छन् हामी पढाउँछौं।’

१४ जना बालबालिकालाई विद्यालय शुल्क, पोशाक, विद्यालय जाँदा/आउँदाको यातायात खर्च, पाठ्यक्रम सामग्री, पौष्टिक खाना, आवास, बालिकाको स्वास्थ्यसम्बन्धी औषधीजन्य सामग्रीलगायत सबै सेवा उपलब्ध गराइने अंशिकाले बताइन्।

आफ्नै जिल्लाका विपन्न परिवारका विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुशी लागेको उनले बताइन्।

अंशिकाले भनिन्, ‘माध्यमिक तहका तीन जना छन्। अरु सबै प्राथमिक तहका छन्।’

कनकाई नगरपालिकाका ४ वटा विद्यालयमा पढिरहेका १४ जना विद्यार्थीलाई पढाउने जिम्मा आफूले लिएको उनले बताइन्।

 

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष