फुटबलका अनन्त र उसुकी जुनी झापा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी

फुटबलका अनन्त र उसुकी जुनी झापा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी
+
-

झापा – फुटबलर अनन्त तामाङ र उसुकी जुनी राई शुक्रबार बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको चौथो झापा स्पोर्टस् अवार्डमा अनन्त र जुनी वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

उनीहरुलाई २०७६ सालमा गरेको उपलब्धिका आधारमा सचित आनन्द सुब्बाको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले बर्ष उत्कृष्ट खेलाडीका रुपमा सिफारिस गरेको थियो ।

फुटबलका अनन्तले उत्कृष्ट खेलाडीको अवार्ड जित्दै एक थान मोटरसाइकल प्राप्त गरेका छन् । उनले मनोनयनमा परेका फुटबलरद्वय छिरिङ गुरुङ र सेसेहाङ आङदाम्बेलाई पछि पारेका हुन् ।

अवार्डको महिलातर्फ उत्कृष्ट वर्ष खेलाडी घोषित हुँदै इलामकी जुनी राईले एक थान स्कुटर प्राप्त गरिन । उनले जुडोकी देविका खड्का र फेन्सिङकी कमला श्रेष्ठलाई पछि पारिन । यस्तै वर्ष उत्कृष्ट खेलाडी (युवा) तर्फ फुटबलका रेजिन सुब्बा घोषित भए ।

उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका रेजिनले मनोनयनमा परेका कबड्डीकी अनुजा कुलुङ र जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पारेका हुन् ।

त्यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेतीले जिते । उनले नगद २५ हजार र अवार्ड प्राप्त गरे । झापाका उप्रेतीले मनोनयनमा परेका फुटबलका प्रवेश कटुवाल र पौडीका ओङदेन लामालाई पछि पारे । यस्तै पिपल्स च्वाइज अवार्ड महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापोले जितिन ।

उनले नगद २५ हजारसहित ट्रफी प्राप्त गरिन । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन डम्बर कु“वरलाई प्रदान गरियो । उनले नगद ३५ हजार र अवार्ड प्राप्त गरे ।

त्यस्तैगरी खेलकुद क्षेत्रमा विशेष योगदान गरेका बक्सिङ प्रशिक्षक डम्बर लिम्बू र शारीरिक सुगठनका राम दाहाललाई ‘स्पेशल अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो ।

उनीहरुले जनही नगद २५ हजार र अवार्ड प्राप्त गरेका थिए । ०६६ सालमा स्थापना भएको नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले पूर्व फुटबलर आशिषविक्रम नेम्वाङको स्मृतिमा विगत चार वर्षदेखि अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष