तत्कालीन माओवादी नेता गोइतले भारतमा बसेर ब्युँताए तराईमा सशस्त्र गतिविधि

तत्कालीन माओवादी नेता गोइतले भारतमा बसेर ब्युँताए तराईमा सशस्त्र गतिविधि
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सशस्त्र गतिविधि गर्ने समूह निमिट्यान्न भएको घोषणा गरेको करिब एक सातापछि एक समूहले सिरहाको एक सरकारी कार्यालयमा सेवा चलिरहेका बेला आइतबार दिउँसो विस्फोट गरायो।

मालपोत कार्यालयको पहिलो तलामा प्रेसर कुकर बम विस्फोट गराएपछि त्यहाँ पर्चा फ्याँकेर जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका सदस्य भाग्न सफल भए। साँझ उक्त समूहले घटनाको जिम्मेवारी लिएको छ।

प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सिरहा जिल्लाको लहान नगरपालिका अन्तर्गत रहेको मालपोत कार्यालयमा आज २०७७, चैत्र १ गते मध्याह्न करिब १२ बजेर ४७ मिनटमा प्रेसर कुकर बम कारबाही स्वरुप विष्फोट गराएका छौँ। यसरी भ्रष्टाचार (अपराध) जारी नै रह्यो भने यसभन्दा पनि उच्च स्तरको कारबाही हुनेछ। यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी (अपराधी) नेपाल सरकार र प्रदेश सरकार नै हुनेछ।’

सिरहा विस्फोटका घाइतेलाई काठमाडौँ ल्याइएपछि। तस्बिर: सुलभ श्रेष्ठ

घटनामा एक जना गम्भीर घाइते भएका छन् भने ६ जनाको अवस्था पनि सामान्य नरहेको प्रहरीले जनाएको छ। माओवादी केन्द्रबाट छुट्टिएर सशस्त्र द्वन्द्व गरिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गर्दै सरकारले हालसालै मात्र उनीहरुलाई शान्ति प्रक्रियामा ल्याएको थियो।

आइतबार विस्फोट गराउने समूहका प्रमुख जयकृष्ण गोइत पनि तत्कालीन विद्रोही नेकपा माओवादीका नेता हुन्। जनयुद्धका समयमा उनी माओवादीको तराई मुक्ति मोर्चा प्रमुख थिए। पछि उनलाई हटाएर मातृका यादवलाई उक्त जिम्मेवारी दिएपछि गोइतले पार्टीबाट विद्रोह गरी जनतान्त्रिक तराई मुक्ति मोर्चा खोलेका थिए।

त्यसमा माओवादीका तत्कालीन केन्द्रीय सदस्य ज्वाला सिंह भन्ने नागेन्द्र पासवानलाई उपाध्यक्षको जिम्मेवारी दिएका थिए। ०६२/०६३ को जनआन्दोलनपछिका केही वर्ष यो समूहले हालको प्रदेश-२ का प्राय सबै जिल्लामा सशस्त्र गतिविधि तीव्र बनाएको थियो। समूहभित्र असन्तुष्ट पासवानले पछि विद्रोह गरी छुट्टै समूहबाट सशस्त्र गतिविधि सन्चालन गरेका थिए।

सरकारले तराईमा सशस्त्र गतिविधि गर्ने विभिन्न समूहलाई नियन्त्रण र त्यसपछि शान्ति प्रक्रियामा ल्याएपनि गोइत र पासवान दुवै बाहिरै थिए। तर विप्लव समूहको गतिविधि सुरु भएपछि यी समूह निष्क्रियजस्तै देखिएका थिए। पासवान र गोइत दुवै हाल भारतमा लुकेर बसेको सुरक्षा निकायको अनुमान छ।

करिब तीन साता अघि गोइत समूहले सिरहाको एक सार्वजनिक स्थानमा प्रेसर कुकर बम राखेर त्यहाँ आफ्ना पर्चा छाडेको थियो। तर सुरक्षा निकायले त्यसलाई पछि निष्कृय बनाएका थिए।  ‘तराईमा गोइत समूहले आफ्नो उपस्थिति फेरि देखाउन थालेको यो संकेत हो’, एक उच्च सुरक्षा अधिकारीले भने।

यो पनि पढ्नुहोस्

गोइत समूहले लियो सिरहा बम विष्फोटको जिम्मा

गोइत समूहले लियो सिरहा बम विष्फोटको जिम्मा

सिरहा बम विष्फोटका घाइतेलाई पुर्‍याइयो ट्रमा सेन्टर (तस्बिरसहित)

सिरहा बम विष्फोटका घाइतेलाई पुर्‍याइयो ट्रमा सेन्टर (तस्बिरसहित)

विप्लव शान्ति प्रक्रियामा आएपछि तराईमा ब्यूतियो गोइत समूह, सिराहा विस्फोटमा पर्चा भेटियो

विप्लव शान्ति प्रक्रियामा आएपछि तराईमा ब्यूतियो गोइत समूह, सिराहा विस्फोटमा पर्चा भेटियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?