ओलीले चैत्र ७ गते डाकेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष नजाने निश्चित, संसदीय दलको बैठक पार्टी कार्यालय भए सोच्ने

ओलीले चैत्र ७ गते डाकेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष नजाने निश्चित, संसदीय दलको बैठक पार्टी कार्यालय भए सोच्ने
+
-

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चैत्र ७ गते डाकेको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षले सहभागी नहुने निर्णय गरेको छ।

संसदीय दलको बैठक पनि बालुवाटारमा नभइ पार्टी कार्यालय धुम्बाराहीमा आयोजना भएको खण्डमा त्यसबारे सोच्न सक्ने नेपाल पक्षको निष्कर्ष छ।

ओली प्रवृतिविरुद्ध ललितपुरको हेरिटेज गार्डेनमा बिहीबार दुई दिने राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गरेको नेपाल पक्षले ओलीले फागुन २८ गतेको निर्णय नसच्याएसम्म ओलीले आयोजना गर्ने केन्द्रीय कमिटी बैठकमा सहभागि नहुने निष्कर्ष निकालेको हो।

यो पक्षका एक स्थायी कमिटी सदस्यले भने, ‘हामीले हाम्रो अडान तोडेका छैनौँ। ओलीले आफ्नो निर्णय नसच्याएसम्म हामी उहाँले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निष्कर्ष निकालेका छौँ। संसदीय दलको बैठक पनि पार्टी कार्यालय वा सिंहदरबारमा भएको खण्डमा त्यहाँ सहभागी हुनेबारे सोच्नेछौँ।’

नेपाल पक्ष बिहीबार ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित भएन। सुरुमा स्थायी कमिटी सदस्य बाहेकका सदस्य बैठकमा सहभागी भएर आउने निर्णय गरेपनि यो पक्षकै केही नेताहरुले त्यसो गर्दा ओलीले झनै हेप्ने मौका पाउने भएकाले बरु बैठकमा कोही पनि सहभागी नहुने अडान लिएका थिए।

अन्ततः यो पक्षका कुनै पनि सांसद बालुवाटारको बैठकमा सामेल भएनन्। तर हतारमा निर्णय गर्दा र फिर्ता गर्दा सांसदहरु तनावमा परेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?