
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा नेकपा एमालेको विधान संशोधन प्रस्ताव अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजान निर्णय भएको छ।
बालुवाटरमा शनिबार भएको बैठकले उक्त निर्णय गरेको हो।
यसअघिको बैठकले विधान संशोधन गर्ने भन्दै २४ सदस्यीय कार्यदल गठन गरेको थियो। संसदीय दलको बैठक लगत्तै बालुवाटरमा केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई असन्तुष्ट माधवकुमार नेपालले दानवका रुपमा चित्रित गर्न खोजेको गुनासोसमेत गर्न भ्याएका छन्।