अव्यवस्थित नेपाल-भारतका नाका, बढ्यो कोरोना संक्रमणको जोखिम

अव्यवस्थित नेपाल-भारतका नाका, बढ्यो कोरोना संक्रमणको जोखिम
+
-

झापा – नेपाल-भारतबीचका सीमा नाकाहरूमा मानिसहरूको अव्यवस्थित आवत-जावतका कारण नेपालमा कोरोना भाइरसको संक्रमणको त्रास पुनः बढेको छ।

भारतमा दिनहुँ कोरोना भाइरसका संक्रमितहरू बढ्न थालेपछि पनि नेपाल-भारतबीचका सीमा नाकामा कुनै सावधानी अपनाएको पाइँदैन।

पूर्वी नाका काँकरभिट्टा-पानीट्यांकीमा रहेको मेची नदीको पुलमा बिहान/बिहान मानिसहरूको घुइँचो लाग्ने गरेको छ।

भारत जान चाहने मानिसहरूका लागि बिहान ९ बजेपछि मात्र प्रवेश दिने गरिएकाले बिहानैदेखि मानिसहरूको घुइँचो लाग्ने गरिएको हो।

तर भारतबाट नेपाल आउने मानिसहरूलाई जतिबेला पनि भारतपट्टिबाट छाड्ने गरिएको छ।

भारतका विभिन्न राज्यमा संक्रमित बढिरहेको बेला सीमामा सतर्कता नअपनाउँदा कोरोना संक्रमणको जोखिम बढेको हो।

भारतमा विगत २४ घण्टामा ४६ हजार ९ सय ५१ जना नयाँ संक्रमित फेला परेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

छिमेकी मुलुकको स्थितिलाई हेरेर स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अबलम्बन गर्नेसँगै सीमा क्षेत्रमा हुने आवागमनलाई व्यवस्थित बनाउन प्रदेशका स्वास्थ्य निर्देशनालयहरूले तयारी थालेका छन्।

तर नाकामा कडाई गरेपनि  अन्य बाटो प्रयोग गरेर मानिसहरू भित्रिन सक्ने सम्भावना पनि रहेको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष