माधव नेपालसहित चार नेताले भनेः स्पष्टीकरणको कुनै अर्थ छैन, जबाफ दिन जरुरी छैन

माधव नेपालसहित चार नेताले भनेः स्पष्टीकरणको कुनै अर्थ छैन, जबाफ दिन जरुरी छैन
+
-

काठमाडौँ- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘युद्ध’ जारी राखेका नेता माधवकुमार नेपालले ओली पक्षबाट आएको स्पष्टीकरण पत्रको कुनै पनि अर्थ नरहेको प्रतिक्रिया दिएका छन्।

ओली पक्षबाट आएको स्पष्टीकरण पत्रको जबाफ दिनुहुन्छ त? भन्ने प्रश्नको जबाफमा नेता नेपालले हाँस्दै भने, ‘यस्तो स्पष्टीकरणको अर्थ छैन। जबाफ किन दिनु?’

एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई सोमबार स्पष्टीकरण मागेका छन्।

तीन दिनभित्र स्पष्टीकरणको जबाफ पेश गर्नसमेत पोखरेलले सम्बन्धित नेताहरुलाई निर्देशन दिएका थिए। पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले तीन दिनभित्र जबाफ नआएको खण्डमा पार्टी विधान अनुसार नेताहरुलाई कारबाही प्रक्रिया अघि बढाउने दाबी गरे।

चैत्र ७ सात ओलीले बोलाएको आफू पक्षीय केन्द्रीय कमिटी बैठकले नेपालसहित चारजना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

नेता भीम रावलले पनि नेपालकै शैलीमा स्पष्टीकरणको कुनै अर्थ नभएकाले त्यसको जबाफ नदिने स्पष्ट पारेका छन्। उनले अवैध केन्द्रीय कमिटीबाट गरिएको निर्णयका आधारमा स्पष्टीकरण सोध्दैमा आफूहरुले जबाफ नदिने बताए।

फागुन २८ गते ओलीले गरेका निर्णयहरु पार्टी विधान विपरीत, अराजक, अनुशासनहिन, मनपरी, निरङ्कुश र स्वेच्छचारी भएको रावलले बताए।

स्पष्टीकरणबारेको प्रश्नमा नेता घनश्याम भुसालको पनि जबाफ साझा छ।

उनले भने, ‘स्पष्टीकरण ओलीले हामीलाई दिनुपर्छ। विधान मिचेर काम गर्ने ओली? जबाफ दिने हामी? स्पष्टीकरणको सूचीमा रहेका नेता सुरेन्द्र पाण्डेले विधिसम्मत तरिकाबाट स्पष्टीकरण नआएकाले त्यसको अर्थ नभएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?