नेकपा भंग गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

नेकपा भंग गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि यही साता अदालत जाने निर्णय गरेको छ।

मंगलबार बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्।

माओवादी केन्द्रले यस्तो निर्णय लिनु पहिले कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान उपयुक्त हुने सुझाव दिएका थिए।

उनीहरुले ६० दिनभित्र पुनरावलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकन गर्न सुझाव दिएको सचेतक देव गुरुङले जानकारी दिए।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो। झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा सर्वोच्चले निर्णय सुनाउने क्रममा नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको थियो।  त्योसँगै सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएको निर्णय पनि सुनाएको थियो।

उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए।

नाम जुधेको खण्डमा अर्को नाम राख भन्ने निर्देशन दिनुको सट्टा सर्वोच्चले नेकपा नै भंग गर्ने राजनीतिक फैसला सुनाएर पार्टी एक हुन नदिने चाल चलेको भन्दै नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष पनि रुष्ट छ।

साथै नेकपा माओवादीसँगै अन्य कम्युनिष्टहरुसँग एकता हुनुपर्ने पक्षमा उसले चैत्र ५ गते सम्पन्न कार्यकर्ता भेलामा प्रस्ताव समेत पारित गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?