काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रवृतिविरुद्ध अन्तिम समयसम्म लड्ने दृढता व्यक्त गरेका छन्।
नेपालले नेकपा एमाले विभाजन आफ्नो चाहना नभएको तर ओलीले आफूहरुलाई गलत्याउने वा मुन्ट्याउने कोसिस गरेमा त्यसको मतलव नराख्ने बताए।
बिहीबार देशसञ्चारसँग अन्तर्वार्ता दिँदै उनले ओली प्रवृतिविरुद्धको आफ्नो लडाइँमा आफू सफल हुने दाबी पनि गरे।
प्रधानमन्त्री ओलीले आफूलाई बेवास्ता गर्दै अवैध निर्णयहरु आफूहरुलाई स्वीकार्य नहुने नेपालले बताए।
नेपालले अन्तर्वार्तामा ओलीलाई प्रश्न गरेका छन्, ‘नवौँ महाविधवेशन केन्द्रीय कमिटीको अध्यक्ष हो कि? १० औँ महाधिवेशन आयोजक कमिटीको अध्यक्ष?’
ओलीले सोधेको स्पष्टीकरण विधानसम्मत नभएको नेपालको भनाइ छ। नेपालले ओलीलाई भनेका छन्,‘ ओलीले यति धेरै गम्भीर गल्ती गरेका छन्, जसलाई अपराधको तहमा पनि राख्न सकिन्न।’
फागुन २३ अघि देखा परेको नेकपाको राजनीतिक दृश्य यता आएर नेकपामा एमालेमा देखा परेको छ। सर्वोच्च अदालतले विवादै विवादले विभाजनको संघारमा पुगेको नेकपालाई भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएको थियो।
फागुन २८ यता ओलीले नेपाल पक्षको सहभागिताबिना आधा दर्जन निर्णय गरिसकेका छन्।
ओलीका निर्णयहरुबाट नेपाल पक्ष कति बिचलित छन्? वास्तवमा उनको अडान र माग के हो? आगामी दिनमा उनको राजनीतिक बाटो के हुन्छ? एमाले विभाजनको संघारमा पुगेको हो? यस्तै प्रश्नहरुको जवाफ नेपालले यो अन्तर्वार्तामा दिएका छन्। प्रस्तुत छ उनीसँग लिइएको यो अन्तर्वार्ता।