ओलीलाई रावलको प्रश्नः स्वेछाचारी काम गर्दा महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन? (पत्रसहित)

ओलीलाई रावलको प्रश्नः स्वेछाचारी काम गर्दा महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन? (पत्रसहित)
+
-

काठमाडौँ– नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो नाममा बेग्लै काउण्टर स्पष्टीकरण सोधेका छन्। ओलीलाई पठाइएको रावलको स्पष्टीकरण पत्रमा १४ वटा प्रश्न गरिएको छ।

रावलको स्पष्टीकरण पत्रमा ओलीले पार्टी विधान उल्लंघन गरेको, पार्टीलाई विभाजन उन्मूख गराएको, नक्कली कमिटी खडा गरेको, विभिन्न भ्रम सिर्जना गरी आफूहरुको बदनाम गरेकोदेखि नेकपा एकतापछि केन्द्रीय कार्यालयमा सञ्चित १८ करोडभन्दा बढी रकमको दुरुपयोग गर्न आफूलाई सहज तुल्याउने अभ्यास गरेको समेत आरोप लगाइएको छ।

यस्तै रावलले ठूलो दबाबपछि भारतले अतिक्रमण गरेको भुभागलाई समेटेर नक्सा प्रकाशित गरेपनि नेपालका अतिक्रमित भूभाग र यस सम्बन्धी अन्तर्राष्ट्रिय कानुन एवं मान्यताबारे शिक्षा मन्त्रालयद्वारा प्रकाशित पुस्तकमा लगाइएको सरकारी बन्देजको आलोचना गरेका छन्।

ओलीले रावललाई पठाएको स्पष्टीकरण पत्रमा रावल प्रचण्डको मतियार भएको आरोप लगाएका थिए। जवाफमा रावलले ओलीलाई भनेका छन्, ‘तपाईंले पुष्पकमल दाहाल प्रचण्डसँग गर्नुभएका सम्झौता, निरन्तर बैठक र सहकार्यको आधारमा तपाईं नै उहाँको सबैभन्दा ठूलो मतियार हो भन्न सकिन्न र?  तर यस्तो दृष्टिकोण ममा छैन।’

रावलले ओलीलाई प्रश्न गरेका छन्, ‘स्वेछाचारी कामगर्दा तपाईंलाई नवौं राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन?’

यस्तो छ, रावलले ओलीलाई पठाएको काउण्टर स्पष्टीकरणः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?