प्रधानमन्त्री ओलीलाई तत्काल सरकारबाट हटाउनुपर्छ: यादव

प्रधानमन्त्री ओलीलाई तत्काल सरकारबाट हटाउनुपर्छ: यादव
+
-

बुुटवल – जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उप्रेन्द्र यादवले अझै पनि प्रतिगमनको खतरा रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्नुपर्ने बताएका छन्।

उनले लोकतन्त्र, गणतन्त्रका पक्षधर शक्तिबीचको सहकार्यमा अर्को सरकार बनाएर प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई हटाउनुपर्ने बताए।

‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्रपक्षधरको सरकार बन्नुपर्छ’, शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने ।

उनले जसपा कुनैपनि शर्तमा ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताए । ‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ भनेकाले हामी ओली सरकार जाँदैनौं’, उनले भने ।

उनले सरकार परिवर्तनका लागि कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताए । ‘हाम्रा कारणले सरकार गठनमा अवरोध छैन, कांग्रेससहितका दलले निर्णय गरे हामी तयार छौं’ उनले भने ।

मुद्धा खारेजी र बन्दी रिहाईको मुुद्धाका बारेमा सरकारसँग छलफल भएको तर सत्ता साझेदारी भने हुन नसक्ने अध्यक्ष यादवले स्पष्ट पारे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी ओलीसँग सति जाने गल्ती हामीले गर्दैनौं’ उनले भने ।

जसपाभित्र दुई धार देखिएको चर्चा भइरहेको बेला अध्यक्ष यादवले कुनै पनि वहानामा केपी ओलीसँग सहकार्य हुन नसक्ने बताए ।  यादवले मधेश र थरुहट आन्दोलनको दौडानमा गिरफतार भएका र बन्दीमा राखिएकाहरुलाई रिहाईको माग राखिएको बताए ।

मुद्धा खारेज र बन्दीलाई रिहाई गर्ने गरि भइरहेको कुरालाई दुईधारका रुपमा व्याख्या गरिएको उनले बताए । प्रधानमन्त्रीको हरेक कदम संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विरोधी भएको उनको आरोप छ ।

प्रधानमन्त्रीले संविधान धारा २८४ विपरित अध्यादेश मार्फत सवैधानिक परिषद नियुक्ति गरेर स्वेच्छाचारी र निरंकुश प्रवृत्ति देखाएको बताए ।

प्रधानमन्त्रीले संसद विघटन भएपछि त्यसलाई असंवैधानिक र प्रतिगामी कदम भनेर जसपा सडक आन्दोलन होमिएको बताए । संविधान र संसदमाथि प्रहार गरेपछि अहिले फेरि संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप लगाए ।

उनले सरकारले संसदलाई विजनेश नदिएर संसदलाई फेरि समाप्त पार्न लागि परेको बताए ।

 

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?