माधव नेपाल, झलनाथ खनाल र प्रचण्डबीच कोटेश्वरमा गोप्य वार्ता

माधव नेपाल, झलनाथ खनाल र प्रचण्डबीच कोटेश्वरमा गोप्य वार्ता
+
-

काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य भेटवार्ता गरेका छन्।

शुक्रबार बिहान कोटेश्वर स्थित महादेवस्थानमा रहेको एक व्यवसायीको घरमा खनाल–नेपाल र प्रचण्डबीच गोप्य वार्ता भएको श्रोतले बतायो।

तीनजना नेताहरुबीच बिहान साढे ८ बजेदेखि पौने १० बजेसम्म भेटवार्ता भएको हो।

एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान विपरीत निर्णयहरु गरेर आफहरुलाई गलहत्याउने कोशिश गरेको निष्कर्ष निकालेका नेपाल र खनालले   प्रचण्डलाई भेटेका हुन्।

ओलीले भने नेकपा एमालेमा आइसकेपछि पनि उनीहरुले प्रचण्डसँगको भेटलाई निरन्तरता दिनु शंकास्पद रहेको बताउँदै आएका छन्। नेता नेपालसहित चार जना नेताले ओलीले आफूहरुलाई सोधेको स्पष्टीकरण विधान विपरीत भएको निष्कर्ष निकाल्दै त्यसको जबाफ नदिई बरु उल्टै दर्जनौ प्रश्नसहित ओलीलाई स्पष्टीकरण सोधेका छन्।

नेपाल र खनाल पक्षले आज आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ। उता ओलीले संसदीय दलको बैठक आफ्नो सरकारी निवास बालुवाटार बोलाएका त्यहाँ सहभागि नहुने नेता नेपालले बताइसकेका छन्।

संसदीय दलको बैठकमा नेपाल नगएपनि उनी पक्षीय अन्य सांसदहरु भने जाने भएका छन्। फागुन २३ गते सर्वोच्च अदालतले विवादै विवादका कारण फुटको संघारमा पुगेको नेकपा भंग गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएको थियो।

सर्वोच्च अदालतको फैसलासँगै नेपाल र खनालले प्रचण्डलाई त्यागेर ओलीविरुद्ध पार्टीभित्रै संघर्ष गर्ने भन्दै एमालेमै फर्किएका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?