प्रचण्डसँगको भिडियो अन्तर्वार्ता

‘समर्थन फिर्ता र सरकारविरुद्ध अविश्वास प्रस्ताव नैतिक तथा राजनीतिक रूपमा अपरिहार्य’

+
-

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइरहेको समर्थन छिट्टै फिर्ता लिने दाबी गरेका छन्। साथै, ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता अपरिहार्य रहेको उनको निष्कर्ष छ।

शुक्रबार देश सञ्चारलाई दिएको भिडियो अन्तर्वार्तामा दाहालले भनेका छन्, ‘ओली सरकारलाई दिएको समर्थन चुनावलगत्तैको हो, यो नयाँ होइन। ओलीको समर्थन जारी राख्नु राजनीतिक र नैतिक रुपमा उचित होइन भन्ने लागिसकेको छ। अब ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै उनलाई दिएको समर्थन फिर्ता लिनेछौँ।’

तर, प्रचण्डले आफूलाई दिइरहेको समर्थन छिटो फिर्ता गरोस् भन्ने चाहना प्रधानमन्त्री ओली र उनी पक्षधर नेताहरूको रहेको दाबी गरे। उनले भनेका छन्, ‘ओली पक्ष छिटोभन्दा छिटो आफूलाई दिएको समर्थन फिर्ता लेओस् भन्ने चाहन्छ ताकि छिटो विश्वासको मत जितियोस् र चुनावमा जान पाइयोस् अर्थात् षड्यन्त्र गर्न पाइयोस्।’

अन्तर्वार्तामा प्रचण्डले नेकपा भंग गर्ने सर्वाेच्च अदालतको फैसला पुनरवलोकनमा जाने इच्छा आफ्नो मात्र नभई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको अर्थात् तत्कालीन नेकपा बहुमत सदस्यको भएको दाबी गरे।

प्रचण्डले प्रमुख प्रतिपक्ष कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आफ्ना कारणले नभई जसपामा देखिएको राजनीतिक उतारचढाव कारण भएको बताए।

उनले भने, ‘शेरबहादुर देउवा र मबीच कुनै असमझदारी छैन, विगतमा पनि कुनै तिक्तता थिएन। अहिले मेरा कारणले नभई जसपाका कारण देउवा अनिर्णीत हुनुभएको हो।’

एक अर्काे प्रसंगमा आफूलाई त्यागेर हालै ओलीतिर लागेका माओवादी नेताहरूका कारण आफू र आफ्नो पार्टीलाई कुनै क्षति नपुगेको प्रचण्डको दाबी छ।

विदेशीबाट चलेको आरोप निरन्तर खेप्दै आएका प्रचण्डले त्यसलाई ठाडै अस्वीकार गरेका छन्। उनले भनेका छन्, ‘विदेशी दलालले जानीबुझी मेरो बदनाम गर्ने डिजाइन रचिरहेका छन्, त्यसका पछि नलाग्दै राम्रो हो।’

प्रचण्डले नेकपा भंग हुनुमा आफ्नो कुनै गल्ती नभएको भन्दै त्यसको सम्पूर्ण दोषी ओली भएको र ओलीविरुद्धको आफ्नो संघर्ष खत्तम नभएको बताए। आगामी चुनावमा सबै दल मिलेर लडेमा ओलीको जमानत जफत हुनेमा प्रचण्ड विश्वस्त छन्।

प्रस्तुत छ प्रचण्डसँगको विस्तृत अन्तर्वार्ताः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?