दुईजना फरार प्रतिवादी पक्राउ

दुईजना फरार प्रतिवादी पक्राउ
+
-

वीरगन्ज– बहुविवाह र लागुऔषध मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका–६ बस्ने केशवप्रसाद खरेल र सोही नगरपालिका–८ बस्ने अभिषेक भनिने टुलकु लामा रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका खरेललाई जिल्ला अदालतले बहुविवाह मुद्दामा ०७५ साल असार ७ गतेको फैसलाले १ वर्ष कैद सजाय तोकेको थियो।

यस्तै लामालाई अदालतले लागुऔषध मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

सोही बेलादेखि फरार रहँदै आएका दुवैजनालाई इलाका प्रहरी कार्यालय निजगढको टोलीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दुवै जना प्रतिवादीलाई अदालतमा पेस गरिएकामा अदालतको फैसलाअनुसार उनीहरूलाई लागेको कैद भुक्तानका लागि पर्साको वीरगन्ज कारागार कार्यालयमा पठाइएको मिश्रले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?