सिटिजन्स बैंकले ल्यायो ‘यूएसडी ई–कम’ कार्ड सञ्चालनमा

सिटिजन्स बैंकले ल्यायो ‘यूएसडी ई–कम’ कार्ड सञ्चालनमा
+
-

काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यूएसडी ई–कम’ कार्ड सञ्चालनमा ल्याएको छ।

नेपाल राष्ट्र बैंकले जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैंकले उक्त सुविधा प्रदान गर्न लागेको हो।

यो सुविधाअन्तर्गत ग्राहकले सिटिजन्स बैंकको आफ्नो खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक–पटक गरी वार्षिक ५ सय अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न बैंकसमक्ष अनुरोध गर्न सकिनेछ।

उक्त कार्ड प्रयोग गर्न चाहने ग्राहकले आफ्नो खातामा ग्राहक पहिचान केवाइसी विवरण अध्यावधिक गरेको एवं प्यान कार्ड लिएको हुनु पर्नेछ।

यसअन्तर्गत ग्राहकले नेपाल र भारतबाहेक देशबाट अनलाइनमार्फत वस्तु तथा सेवा खरिदबापत भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन्।

यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीएसओमार्फत कारोबार गर्न भने पाइने छैन।

बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइबाट साढे ९ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?