निलम्बनमा परेपछि घनश्याम भुसालसँग फोन अन्तर्वार्ता

‘न्यायमाथिको आक्रमणलाई परास्त गर्न आवाज बलियो बनाउँँछौँ, दस्तावेज पनि ल्याउँछौँ’

‘न्यायमाथिको आक्रमणलाई परास्त गर्न आवाज बलियो बनाउँँछौँ, दस्तावेज पनि ल्याउँछौँ’
+
-

काठमाडौँ- पार्टी एकतालाई विखण्डन, गुटगत गतिविधि गरेको र आत्मकेन्द्रित भएको आरोपसहित पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कारबाहीमा परेका एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री घनश्याम भुसालले ओलीले सत्ताभोकका लागि आफूहरुमाथि कारबाही अघि बढाएको आरोप लगाएका छन्।

आफ्ना गुटका केही मानिसको खुसी, पैसा र सानका लागि ओलीले पार्टीलाई बर्बाद पारेको भुसालको आरोप छ। बिहीबार देशसञ्चारसँगको फोन अन्तर्वार्तामा भुसालले राज्य दोहन गर्ने र गुट बनाउने सिलसिलामा ओलीले आफूलाई कारबाही सुनाएको बताए।

उनले भने, ‘सत्ता देखाउन पार्टीको प्रयोग गर्ने तर पार्टीमा गुट बनाउने काममा ओली लाग्नुभएको छ।’ न्यायमाथि ओलीको आक्रमणको विरोधमा आवाज उठाउने भएको र आफू त्यसैमा केन्द्रित हुने भुसालको भनाइ छ। भुसालले नेकपा एमाले ओलीले फुटाइसकेको समेत निष्कर्ष सुनाएका छन्।

उनले भने, ‘ओलीले वैशाखमा अध्यादेश ल्याएर एक पटक पार्टी फुटाउनुभयो। व्यक्तिलाई नेकपा एमाले भनेर पार्टी दर्ता गर्न लगाएर पार्टी फुटाउनुभयो। पुस ५ गते संसद् विघटन गरेर नेकपा फुटाउनुभयो। फागुन २८ गते नेकपा एमाले फुटाउनुभयो।’

त्यसैको निरन्तता दिने क्रममा यसअघि नेता माधवकुमार नेपाल र भीम रावललाई कारबाही गरेका, बिहीबार आफू र अर्का नेता सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको उनले बताए। ओलीले भुसाललाई सच्चिनका लागि अन्तिम मौका भएको, नसच्चिएमा कडा कारबाही गर्ने चेतावनी पनि निलम्बन पत्रमा उल्लेख गरेका छन्।

प्रस्तुत छ भुसालसँग गरिएको संक्षिप्त अडियो अन्तर्वार्ताः

यो पनि पढ्नुहोस्

एमाले पुनर्गठनका लागि घनश्याम भुसाल दस्तावेज लेखनमा व्यस्त

एमाले पुनर्गठनका लागि घनश्याम भुसाल दस्तावेज लेखनमा व्यस्त

निलम्बनपछि भुसालको प्रतिक्रियाः ओलीले गरेको बर्बादीका लागि दुनियाँसँग माफी माग्छु

निलम्बनपछि भुसालको प्रतिक्रियाः ओलीले गरेको बर्बादीका लागि दुनियाँसँग माफी माग्छु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?