आमन्त्रण प्रतियोगिताका विजेतालाई सागको रजतसरह पुरस्कार!

आमन्त्रण प्रतियोगिताका विजेतालाई सागको रजतसरह पुरस्कार!
+
-

काठमाडौँ- खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ कै धज्जी उडाउँदै सरकारले एक  फुटबल प्रतियोगिताको विजेता टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले अखिल नेपाल फुटबल संघ-एन्फाले आयोजना गरेको आमन्त्रण प्रतियोगिता ‘थ्री नेसन्स कप’को विजेता नेपाली टोलीका सदस्यलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको हो। प्रतियोगिताको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वयं दशरथ रंगशाला पुगेका थिए।

कोरोना भाइरसको महामारीका कारण अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसकिरहेको अवस्थामा एन्फाले खेलाडीलाई मैदानमा फर्काउन आमन्त्रण प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। यो प्रतियोगितामा बंगलादेशको सिनियर राष्ट्रिय टोली र किर्गिजस्तानको यू-२३ राष्ट्रिय टोली सहभागी थिए। यो कुनै अफिसियल प्रतियोगिता होइन, न त सिनियर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नै।

विश्व फुटबल महासंघ-फिफाले सिनियर राष्ट्रिय टोली सहभागी रहेका कारण बंगलादेश र नेपालबीचको खेललाई सिनियर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको मान्यता दिएको छ। यस्तो मान्यता किर्गिजस्तानको यू-२३ राष्ट्रिय टोलीसँग भएका खेलले पाएका छैनन्। फिफासँग कुनै सरोकार नहुने भएरै किर्गिजस्तानको युवा टोलीले आकस्मिकरुपमा त्रिभुवन आर्मी क्लबसँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो। एन्फाले सुरुमा आमन्त्रण प्रतियोगिता भनेपनि त्यसपछि आमन्त्रण हटाएर ‘थ्री नेसन्स’ कप मात्र भन्न थालेको थियो।

प्रतियोगिताको फर्म्याट थियो, पहिलो चरणमा सबैले सबैसँग खेल्ने र त्यसपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्ने। पहिलो चरणमा दुवै खेल गोलरहित बराबरी खेलेको नेपाल फाइनल पुगेको थियो।

फाइनलमा नेपालले चिरप्रतिद्धन्द्धी बंगलादेशलाई २-१ गोलले हरायो। प्रतियोगितामा यो खेल फाइनल भएपनि फिफाको नजरमा मैत्रिपूर्ण अन्तर्राष्ट्रिय थियो। यही खेलमार्फत नेपालले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा १८ महिनापछि पहिलो गोल गरेको थियो। किर्गिजस्तान यू-२३ टोलीविरुद्ध गोल भएको भए नेपालका लागि त्यसले अन्तर्राष्ट्रिय गोलको समेत मान्यता पाउने थिएन।

सागमा रजत पदक जिते सरह पुरस्कार 

खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ ले आमन्त्रण प्रतियोगिताका विजेतालाई पुरस्कारको व्यवस्था गरेको छैन। तर सरकारको पछिल्लो घोषणाअनुसार यो सफलता नेपालले दक्षिण एसियाली खेलकुद-सागमा टिम स्पर्धामा रजत पदक जिते सरह देखिएको छ।

सागमा टिम स्पर्धामा रजत पदक जित्ने टोलीका सदस्यलाई जनहीँ चार लाख रुपैयाँ दिने व्यवस्था छ। कास्य जित्नेले जनहीँ २ लाख रुपैयाँ पाउँछन्। साग, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी-आईओसीबाट मान्यता पाएको क्षेत्रीय प्रतियोगिता हो जहाँ दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्छन्।

‘फुटबल भन्ने बित्तिकै जोसँग खेलेर उपाधि जितेपनि, प्रतियोगिता जुनसुकै स्तरको भएपनि सरकारले पुरस्कार दिनुपर्ने ठान्न थाल्यो। सस्तो लोकप्रियताबाहेक यसले खेलकुद विकाशमा केही योगदान पुर्‍याउँदैन बरु अरु  खेलका खेलाडीलाई निराश बनाउँछ’, भलिबलका एक प्रशिक्षक भन्छन्। भलिबल त्यही खेल हो जसले गत सागमा महिलातर्फ रजत जितेको थियो। नेपाली महिला भलिबल टोली यस प्रतियोगितामा पहिलोपटक फाइनल पुगेको थियो।  तर टिम स्पर्धामा रजत जित्ने टोलीले सरकारबाट पुरस्कार पाउन निकै संघर्ष गर्नु परेकोथियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?