‘नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्न जरुरी छ’

‘नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्न जरुरी छ’
+
-

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताएका छन्।

संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा शुक्रबार अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई दुनियाँले सुन्ने बनाउनुपर्नेमा जोड दिए।

सही सूचनालाई विश्वभर पुर्‍याउने काममा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने पनि उनले बताए। कमी कमजोरीलाई सच्याएर अघि बढ्ने कुरामा ध्यान दिन पनि अध्यक्ष तिमिल्सिनाले सुझाव दिए।

उनले भने, ‘‘सही सूचनालाई दुनियाँभर पुर्‍याउने काममा पनि यहाँहरूको भूमिका हुनुपर्छ। अझै त्यो बढ्दै जाओस् र कमजोरी सच्याएर अगाडि बढोस् भन्ने कुरालाई ध्यान दिएर लानुपर्ने हुन्छ। मिडियामा पनि उच्चतम नमुना दिनसक्ने देश भनेर बनाउनेतिर यहाँहरूले पनि सोचिदिनुहोला।’

मिडियाबाट आएका समाचारबाट पनि सांसदहरूले आफूलाई सुधार गर्ने गरेको उनको भनाइ छ।

संसद्को गतिविधिलाई जनतासमक्ष पु¥याउन पत्रकार तथा मिडियाको महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?