हात्ती पाइले रोगः शहरहरू जोखिममा, उन्मुलन नहुनुमा प्रमुख दुई कारण

हात्ती पाइले रोगः शहरहरू जोखिममा, उन्मुलन नहुनुमा प्रमुख दुई कारण
+
-

झापा – ‘आउनुस् न हात्ती पाइले रोगविरुद्धको औषधि खाएर जानुस्,’ विर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी कृष्ण काफ्ले विर्तामोडको मुक्ति चोक नजिक राखिएको हात्ती पाइले औषधि खुवाइने केन्द्रमा मानिसहरूलाई उक्त औषधि खान प्रेरित गरिरहेका थिए।

एक जना मानिस आएर सोधे, ‘यो औषधि खाएपछि रक्सी पिउन हुन्छ?’

काफ्लेले जवाफ दिए, ‘औषधि पनि खानुस् रक्सी पनि पिउनुस् कसरी भन्न सकुँला र म।’

‘बेलुका त रक्सी पिउँदा हुन्छ होला’ भन्दै हात्ती पाइले रोगविरुद्धको औषधि तीन चक्की र एक चक्की जुकाको औषधि खाएर गए।

अर्का एक मानिस आएर सोधे, ‘मैले जाँड खाएको छु। अहिले खाँदा हुन्छ कि हुँदैन।’ स्वास्थ्यकर्मीहरूले भनिदिए, ‘उसो भए बेलुका खाना खाएर औषधि खानु होला’ भनेर रेजिस्टरमा रेकर्ड राखेर तीनवटा हात्ती पाइले रोगविरुद्धको औषधि र एउटा जुकाको औषधि दिएर पठाए।

केही बेर पश्चात केही युवाको समूहलाई औषधि खानका लागि प्रेरित गर्न स्वास्थ्यकर्मीहरूले खोजे। एक जनाले भने, ‘नाइ, उल्टी आउँछ।’

अहिले देशभरका १२ वटा जिल्लामा हात्ती पाइले रोगविरुद्ध औषधि खुवाउने काम भइरहेको छ। चैत २० गते शुक्रबारदेखि चैत महिनाभर उक्त औषधि खुवाउने अभियान सरकारले चलाइरहेको छ। तर औषधि खुवाइने स्थलमा स्वास्थ्यकर्मीहरू सकसमा छन्।

खासगरि शहरी क्षेत्रमा मानिसहरू उक्त औषधि खानुपर्छ भन्नेमा देखिँदैनन्।

विर्तामोड नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी कृष्ण काफ्लेका अनुसार कतिपय मानिसहरूले औषधि वितरण गरिरहेको स्थान खोजेर पनि आएर खान्छन्। कतिपयलाई अनेक प्रेरित गर्दा पनि खाँदैनन्।

‘शहरका मानिसहरू नै हात्ती पाइले रोग लाग्ने जोखिममा छन्,’ काफ्लेले भने, ‘तर उनीहरू नै खान रुचाउँदैनन्।’

नेपालमा हात्ती पाइले रोगविरुद्ध औषधि खुवाइने अभियान

नेपालमा सन् २००३ मा पर्साबाट हात्ती पाइले रोगविरुद्धको औषधि खुवाइने अभियान शुरु भएको हो।

सन् २०२० सम्ममा देशबाटै उक्त रोग उन्मुलनको लक्ष्य लिएर औषधि खुवाउन थालिए पनि १२ वटा जिल्ला यो रोग यथावत छ।

तिनै १२ वटा जिल्ला झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, बागलुङ, दाङ, बाँके, बर्दिया र कैलालीमा शुक्रबारदेखि उक्त औषधि खुवाउन शुरु गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

जम्मा ६ पटक खाँदा हुने यो औषधि कुनै जिल्ला १० पटक भन्दा बढी पनि खुवाइ सकिएको छ।

उन्मुलन नहुनुका प्रमुख दुई कारण

नेपालबाट हात्ती पाइले रोग उन्मुलन नहुँदा सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूलाई चिन्तित बनाएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. प्रकाशप्रसाद साहका अनुसार जम्मा दुई वटा मूल कारणले नेपालमा हात्ती पाइले रोग नियन्त्रणमा आउन सकेको छैन।

उनले भने, ‘गाउँ बस्तीमा यो रोग नियन्त्रणमा आइसकेको छ। तर शहरका मानिसहरू धेरैले औषधि खाएका छैनन्।’

उनका अनुसार जाने बुझेकैले औषधि नखाइदिने एउटा कारण हो भने अर्को कारण भारतमा लामो समय बसेर नेपाल फर्केका मानिसहरूबाट यहाँका मानिसहरूलाई उक्त रोग क्युलेक्स जातको लामखुट्टेले टोकेर सार्नु हो।   

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष