
काठमाडौँ– सिद्धार्थ बैंक लिमिटेडले दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्न हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप पाँच लाख प्रदान गरेको छ।
उक्त रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतलाई सोमबार हस्तान्तरण गरेकी हुन्।
बैंकबाट प्राप्त उक्त रकम हेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भीमेश्वरस्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माणका लागि उपयोग गर्नेछ।