एचएचएनकाे ‘हाम्रो इच्छा, सबैलाई शिक्षा’ अभियान सुरु

एचएचएनकाे ‘हाम्रो इच्छा, सबैलाई शिक्षा’ अभियान सुरु
+
-

काठमाडौँ– मानवताको लागि सहयोग नेपाल (एचएचएन) ले कापी किताब अभियान सुरु गरेको छ। गैर एचएचएनले ‘हाम्रो इच्छा, सबैलाई शिक्षा’ नाराका साथ अभियान थालेको हो।

यस अभियान अन्तर्गत संस्थाले काठमाडौँको झोरमा रहेको झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।

संस्थाले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्री तथा ईसीडी कक्षाका लागि र्‍याक हस्तातरण गरेको हो।

शैक्षिक सामग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष मुधुसूदन ध्वज खड्काले सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए।

उनले भने, ‘यस विद्यालयलाई सहयोग गर्न पाउँदा संस्थालाई निकै हौसला मिलेको छ, आगामी दिनमा पनि यस्तो कार्यलाई निरन्तरता दिनेछौँ।’

यस्तै, विद्यालयका सहायक प्रधानाध्यापक रमेशकुमार अधिकारीले संस्थाको सहयोगप्रति कृतज्ञता व्यक्त गरे।

‘एचएचएन संस्थाले हाम्रो विद्यालयको इसीडी कक्षाको पुनर्निर्माणको लागि आवश्यक सामग्री उपलब्ध गराउनुभएको छ। त्यसका लागि आभारी छु,’ उनले भने।

कापी कलम अभियानको उद्देश्य आर्थिक रूपमा कमजोर विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामग्री वितरण गर्ने रहेको संस्थाका अध्यक्ष खड्काले प्रस्ट पारे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?