
काठमाडौँ– एनसीसी बैंक र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधा प्याकेजमा सम्झौता भएको छ।
बैंक र रिसोर्टबीच एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङका ग्राहक र बैंकका कर्मचारीलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो।
रिसोर्टले फुड एन्ड बेभरेजमा १५ प्रतिशत, स्विमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।